Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पहिलो खेलमा आयोजक नामिबिया विरुद्ध नेपाल विजयी 

आज ओमानसँग खेल्दै

nepal-1518138361.jpg

२६ माघ, हेटौँडा । आइसीसी वल्ड क्रिकेट डिभिजन टूको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने खेल नामिबियामा हुनेछ ।
आफ्नो पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले हराएको नेपाल आजको खेल पनि जित्दै वल्र्डकप क्रिकेट छनोटको शीर्ष दुईमा रहनको लागि प्रयास गर्नेछ । पहिलो खेलमा हारेको ओमान पनि नेपाललाई हराउँदै जित निकाल्ने दाउमा हुनेछ ।
नेपाल, नामिविया, केन्या, ओमान, युएइ र क्यानडासहित ६ देश सहभागी डिभिजन टु को शीर्ष २ स्थानमा रहने टोलीले जिम्वाबेमा हुने विश्वकप छनौट खेल्न पाउनेछन ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । १३९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरमा जित निकालेको हो ।
नेपालको जितमा अलराउन्ड प्रदर्शन गरेका वसन्त रेग्मी नायक सावित भए । बलिङमा २ विकेट लिएका उनले गुमिसकेको खेललाई जित दिलाए । अन्तिम १२ बलमा १६ रन चाहिएका वेला वसन्तले छक्का र चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन् ।
त्यसअघि टस जितेर पहिले फिल्डिङ रोजेका कप्तान पारस खड्काको निर्णय सही सावित गर्दै नेपाली बलरले घरेलु मैदानमै नामिबियालाई १३८ रनमा अलआउट गरेका थिए । तर, ब्याटिङ चल्न नसक्दा नेपालले कठिनाई पूर्वक जित निकाल्नु परेको हो ।
हिजोको खेलमा नेपालका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् ।  नेपालले १५ ओभरभित्रै महत्वपूर्ण ५ विकेट गुमाएको थियो ।
१५ ओभरभित्र ओपनर ज्ञानेन्द्र मल्ल र दीलिप नाथ तथा मध्यक्रमका ब्याट्सम्यान कप्तान पारस खड्का, आरिफ शेख र प्रदीप ऐरी आउट भए । शरद भेषावकर र डेब्यु गरेका रोहितकुमार पौडेलले सम्हाल्ने प्रयास गरे पनि विकेटमा जमिसकेको अवस्थामा भेषावकर आउट भएपछि नेपाल फेरि असहज अवस्थामा पुग्यो ।
त्यसअघि नै नेपालले करण केसीलाई गुमाइसकेको थियो भने भेषावकरपछि रोहित र पनि आउट भएपछि नेपाली इनिङ धर्मरायो ।
पारसले ३५ बल खेल्दै २ चौकाको मद्दतमा १९ रन बनाए भने ज्ञानेन्द्रले ४५ बलमा १५ रन बनाए ।  दीलिप र आरिफ शून्यमा तथा प्रदीप ५ रनमा आउट भए ।
थोरै रनको लक्ष्य पछ्याउँदा पनि नेपाली ब्याट्सम्यान दबाबमा देखिए । तर, वसन्तले सम्हालिएर खेल्दै टिमलाई जितसम्म पुर्याए ।
त्यसअघि नामिबियाको एफिज पार्कमा भएको खेलमा नेपालले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो दिएको थियो ।
पहिलो ओभरबाटै नामिबियालाई दबाबमा राखेको नेपालले ३४.२ ओभरमा १३८ रन बनाउँदा अलआउट बनाउन सफल भयो ।
नेपालका सन्दिप लामिछाने एक्लैले चार विकेट लिए भने सोमपाल कामीले ३ विकेट, वसन्त रेग्मी, पारस खड्का र शरद भेषवाकरले १÷१ विकेट आफ्नो नाममा लेखाए । नामिबियाका लागि क्रेज विलियम्सले सर्वाधिक ४१ रन बनाएका थिए ।
यसअघि हिजो भएका अन्य खेलमा क्यानडा र युएइ विजयी भएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार