Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

प्राधिकरणका ज्यालादारी कर्मचारीद्वारा आन्दोलनको चेतावनी

Pradhikaran-Karmachari-1473688187.jpg

२७ भदौ, हेटौँडा । नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीले व्यवस्थापन समक्ष आन्दोलनको चेतावनी दिएका छन् । लामो समयदेखि कार्यरत दैनिक ज्यालादारी कर्मचारीलाई व्यवस्थापनले स्थायी प्रक्रिया अगाडी नवढाए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 
दैनिक ज्यालादारी संघर्ष समितिको हेटौंडामा भएको केन्द्रिय बैठकले माग पुरा नभए कार्तिक २ गतेदेखि आन्दोलन थाल्ने निर्णय गरेको छ । असोज महिनाभर संगठन सुदृढिकरण अभियान गर्ने, असोज २ गते क्षेत्रीय र केन्द्रिय कार्यालयमा ज्ञापनपत्र बुझाउने, मंसिर ३ देखि ९ गतेसम्म अधिकारकर्मी, ट्रेड युनियन लगायत सरोकारवालाहरुसँग छलफल गर्ने जनाईएको छ । मंसिर ११ गते देशभरबाट काठमाण्डौंमा जम्मा भएका ज्यालादारी कर्मचारीसहितको खुल्ला प्रशिक्षण गर्ने र मंसिर १३ गतेदेखि निर्णायक आन्दोलन गर्ने केन्द्रिय संघर्ष समितिको सार्वजनिक कार्यतालिकमा उल्लेख छ । 
प्राधिकरणमा कर्मचारी अभाव भई कार्य सम्पादनमा अप्ठ्यारो परिरहँदा पनि लामो समयदेखि कार्यरत ज्यालादारी कर्मचारीलाई स्थायित्व दिन पहल नगरेपछि आन्दोलनको घोषणा गरेको संघर्ष समितिका अध्यक्ष नरेन्द्र यादवले बताए । प्राधिकरणमा क्रियाशिल पाँचवटै ट्रेड युनियनले सहमती जनाएपनि ज्यालादारीलाई व्यवस्थापनका लागि वेवास्ता गरेको समितिको भनाई छ । 
प्राधिकरणमा हाल ४ हजार कर्मचारी दरबन्दी रिक्त रहेको छ भने देभर करिव २५ सय कर्मचारी ज्यालादारीमा कार्यरत रहेको समितिले जनाएको छ ।
तस्विर सौ.–राजु पोखरेल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg