Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

अस्ताउँदो सूर्यलाई पूजा गरी अघ्र्य दिइँदै

Chhath19-1730940932.jpg

सांकेतिक तस्विर

२२ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । 
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् ।  फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । 
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । 
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र भारतीय राजदूतबीच भेटवार्ता
740486497_104387313136345-1783586538.png

२५ असार, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले...

झापामा उपसभामुख सम्मेलन
file_00000000adcc720baa63-1783560174.png

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1783558380.jpg

२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Bishnu-Poudel_-468_edit_2-1783557944.jpg

२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

देशभर अधिकांश बादल लाग्ने
Screenshot_20250526_06180-1783557540.jpg

२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...

कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

थप समाचार