३ फागुन, सिमरा । त्रिभूवन आर्मी क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकपको फाईनल प्रवेश गरेको छ ।
विहिबार भएको दोश्रो सेमी फाइनलमा वीरगञ्ज यूनाईटेड क्लबलाई ३–० गोल अन्तरले स्तव्ध पार्दै त्रिभूवन आर्मीले उपाधि भिडन्तमा थ्रिस्टार क्लबसंगको भेट पक्का गरेको हो । आर्मीको जीतमा दिनेश हेम्जन र दिप लामाले समान एक गोल गरे भने वीरगञ्ज यूनाईटेड क्लबका विष्णु सुनारले आत्मघाती गोल गर्दा आर्मीले ३–० को जित दर्ता गरायो ।
साविक विजेता संकटा क्लबलाई हराउँदै सेमीफाइनलमा प्रवेश गरेको वीरगञ्ज यूनाईटेड विभागिय टिम आर्मी सामु निरिह बन्यो । करिब ८ हजार घरेलु दर्शक माझ आर्मी विरुद्ध उत्रिएको वीरगञ्ज यूनाईटेडलाई त्रिभूवन आर्मीले पुरै समय दवावमा राख्यो । पहिलो हाफमा १–० को अग्रता दिलाउने क्रममा आर्मीका दिनेश हेम्जनले गोलको खाता खोले । खेलको ३८ औं मिनटमा भरत खवासको पासमा दिनेशले आर्मीलाई अग्रता दिलाए । खेलको ६० औं मिनटमा वीरगञ्ज यूनाईटेडका विष्णु सुनुवारले आत्मघाती गोल गर्दा आर्मीले २–० को अग्रता हात पा¥यो । आर्मीका भरत खवासको क्रसबल पेनाल्टी एरियामा नियन्त्रणमा लिने प्रयास गरेका सुनुवारको प्रयासले गोलपोष्टको दिशा लिंदा वीरगञ्ज यूनाईटेड थप दवावमा प¥यो ।
वीरगञ्ज विरुद्ध हावी भएको आर्मीले ६७ औं मिनटमा अर्को गोल थप्यो । आर्मीका दिप लामाले गोल गर्दै टिमलाई ३–० को फराकिलो अग्रता दिलाए । टंक बस्नेतको पासमा उत्कृष्ट गोल गर्दै दिप लामाले सिमरा गोल्डकपमा त्रिभूवन आर्मीको फाइनल यात्रा तेश्रो पटक सुनीश्चित गरे ।
त्रिभूवन आर्मी प्रतियोगिताको छैठौं संस्करणको विजेता हो, भने आठौं संस्करणको उपविजेता समेत हो । त्रिभूवन आर्मीले शनिवार सिमरा रङ्गशालामा उपाधिका लागि थ्रिस्टार क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
खेलको म्यान अफ दि म्याच त्रिभूवन आर्मीका दिनेश हेम्जन घोषित भए । उनले ५ हजार नगद सहित म्यान अफ दि म्याचको ट्रफि हात पारे ।
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

















