Google Photo
१० फागुन, हेटौँडा । मकवानपुरका कुखुरा व्यवसायीहरुको समस्यालाई ध्यानमा राख्दै हेटौंडाको कमानेमा कुखुराको औषधि पसल मकवानपुर भेट डाइनोसिस सेन्टर सञ्चालनमा ल्याइएको छ ।
कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजु अधिकारीसहित पोल्ट्री व्यवसायीहरु दलबहादुर खड्का, वीरेन्द्रबहादुर खत्री, बासु भण्डारी, रामशरण गौतम र शिवराम पराजुलीको संयुक्त लगानीमा सञ्चालित भेट डाइनोसिस सेन्टरको बिहीबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि खुलालले निर्वाहमुखी कुखुरापालन गर्नु आवश्यक रहेको औंल्याए । कुखुरा पालनमै संकृय रहेकाहरुले सञ्चालनमा ल्याएको औषधि पसल भएकोले किसानले अन्तको भन्दा कम मुल्यमा औषधि पाउनुपर्ने सुझाव दिए । यस्तै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले नाफासंगै किसानको हितमा पनि ध्यान दिन सुझाव दिए ।
यस्तै नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णु लामिछानेले कुखुरा पालनसंग सम्बन्धित युवाहरुले सञ्चालनमा ल्याएको औषधि पसल भएकोले किसानले राहत महसुस गर्ने दावी गरे । यस्तै जिल्ला पशुसेवा कार्यालय मकवानपुरका डा. सञ्जीवकुमार ठाकुरले कुखुरामा देखिने समस्या लिएर चितवनसम्म जानुपर्ने अवस्थाको अन्त्य हुने बताए । उनले अन्यत्रको भन्दा सुलभ र सस्तो मुल्यमा कुखुरापालकलाई औषधि उपलब्ध गराउन सुझाव दिए ।
सञ्चालक राजु अधिकारीले नाफा कमाउन भन्दा पनि मकवानपुरका कुखुरा व्यवसायीको सहजताको लागि भेट डाइनोसिस सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिए । औषधी पसलमा चितवन र मकवानपुरका ६ जना पशु चिकित्सकले सेवा प्रदान गर्ने बताइएको छ । कार्यक्रममा मकवानपुर कुखुरा व्यवसायी संघका सदस्य एवम् किसान प्रतिनिधि श्यामसुन्दर परियार, सञ्चालक रामशरण गौतमलगायतले मकवानपुरका कुखुरा पालकलाई अब सहज हुने बताए ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













