Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

इन्द्रसरोवर घटना: डुबेका ३ बालकको मृत्यु (अपडेट)

For-representation-only-1743432190.jpg

१८ चैत, हेटौंडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा पौडी खेल्ने क्रममा डुबेका ३ बालकलाई उद्धार गरी अस्पताल पठाएकोमा मृत्यु भएको छ । सोमबार अपरान्ह ईन्द्रसरोवर-३ सिस्नेरीस्थित कुलेखानी खोला नजिकै पानी जमेको दहमा पौडी खेल्न गएका ३ जना बालकहरु बेपत्ता भएका थिए । 
पौडी खेल्ने क्रममा स्थानीय सुन्दर आचार्यको अन्दाजी १५ वर्षीय छोरा सुशान्त आचार्य, काभ्रे नमोबुद्ध फुलबारी दाप्चा घर भएका १४ बर्षीय प्रमेश घोरासैनी र निजकै भाइ अन्दाजी ११ बर्षीय प्रभात घोरासैनी बेपत्ता भएकोमा उद्वार गरि उपचारको लागि काठमाण्डौं पठाईएकोमा अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । काभ्रे घर भएका प्रमेश र प्रभात दाजुभाइ रहेको र सिस्नेरी मामाघर आएको बुझिएको छ। 
घटनाको जानकारी पाए लगतै प्रहरी चोकी सिस्नेरी, इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षक ललिता ढकाल नेतृत्वको टोली पुगी डुबेर बेपत्ता बालकको उद्धार गरी उपचारको लागी काठमाडौं पठाइएको थियो । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg