Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

कैलाशमा सीप परीक्षण सम्बन्धी अन्तरक्रिया

Messenger_creation_419CC1-1743731646.jpg

२२ चैत, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली कार्यान्वयन र सीप परीक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया भएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा उक्त छलफल भएको हो । 
सीप जानेका तर प्रमाणपत्र नलिएका दक्ष जनशक्तिहरुको पहिचान र उनीहरुको सीपलाई बजारीकरणको लागि कार्यक्रम गरिएको थियो । 
कार्यक्रममा नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजनाका प्रदेश प्रबन्धक सुकबहादुर चौधरीले  सीप परीक्षण तथा प्रमाणीकरणमा र हाम्रो भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालमा प्राविधिक शिक्षा, तालिम दिने संस्था र कार्यक्रमको वर्तमान  अवस्थाबारे समेत जानकारी दिएका थिए । नेपालमा वार्षिक एक लाख १४ हजार दक्ष जनशक्ति उत्पादन हुने गरेको बताउँदै गाउँपालिका भित्र रहेका सीपमूलक काम गरिरहेका जनशक्तिको सीप परीक्षणको प्रक्रिया र तालिमका साथै श्रम बजारबारे बताएका थिए । 
अहिले हामीले वार्षिक तीन पटक सीप परीक्षण गर्दछौं, चौधरीले भने । हाल सम्म सरदर साढे सात लाखले आवेदन दिए पनि सात लाखको सहभागिता हुने गरेको छ जसमा  पाँच लाखले प्रमाणपत्र प्राप्त रहेको उनले बताए । 'प्रमाणपत्र प्राप्त गर्ने मध्ये ४६.८७ प्रतिशत महिलाहरु रहेका छन्', उनले भने ।
उनले सीप परीक्षणमा चुनौति समेत रहेको बताए ।  जनशक्तिलाई  कसरी प्रमाणित  गर्ने ? प्राविविधक शिक्षा कसरी परिणाममुखी बनाउने ? यूवाको योग्यतालाई कसरी सीपलाई जोड्ने भन्ने विषय रहेको बताए । प्राविधिक शिक्षा र साधारण शिक्षा बीचको तालमेल मिलेको छैन, सीप छ तर प्रमाणपत्र छैन त्यसैले पनि समस्या रहेको चौधरीले बताए । 
कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले  पालिकाभित्र रहेका सीप जानेका तर प्रमाणपत्र नलिएका जनशक्तिलाई सीप परीक्षणमा सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिनुका साथै रोजगार सिर्जना  हुनाले सीपलाई परीक्षण गरिनुपर्नेमा उनको जोड रहेको थियो ।  
कार्यक्रममा  गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका लेखा अधिकृत ईन्द्रप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव, शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg