२ बैशाख, हेटौंडा । नेपालले काठमाडौँमा जारी यु-१९ एसिया कप क्रिकेटमा लगातार दोस्रो खेलमा जित हासिल गरेको छ। पहिलो खेलमा युएइलाई डिएल म्याथोडमा ५ रनले हराएको नेपालले सोमबार भएको दोस्रो खेलमा ओमानलाई ८ विकेटले पराजित गर्यो।
प्रतियोगितामा लगातार दोस्रो हार भोग्ने क्रममा ओमानले नेपाललाई सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। पहिले ब्याटिङ गर्दै ओमानले दिएको १ सय १८ रनको चुनौती नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
नेपालका ओपनरहरू साहिल पटेल र निरजकुमार यादवले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै घरेलु टोलीलाई उत्कृष्ट शुरुवात दिलाएका थिए। निरजले ३१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४६ रन बनाएर आउट हुँदा अर्का ओपनर साहिल ४४ रनमा पेभिलियन फर्किएका थिए। कप्तान नरेन भट्ट १२ रनमा अविजित रहे।
माथिल्लो मुलपानी मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको ओमान ३६ ओभरमा अल आउट हुँदै १ सय १७ रनना समेटिएको थियो।
ओमानका लागि ब्रजेश शाहबाहेक अन्य कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। उनले अर्धशतक प्रहार गरे। ७८ बल खेल्दै शाहले ६ चौकाको मद्दतले ५२ रन जोडे। सिद्धार्थ सौम्य शंकरले १६ र प्रथिस हेमा रमेशले १० रन बनाएका थिए।
ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि युवराज खत्रीले ७ ओभर बलिङ गर्दै २ मेडन सहित १५ रन खर्चिएर महत्वपूर्ण ५ विकेट हात पारे। त्यस्तै, सन्तोष यादवले २ विकेट लिएका थिए।
नेपाल लगातार दोस्रो जित सँगै ४ अंक बनाउन सफल भएको छ। अब बुधबार नेपालले हङकङसँग र अफगानिस्तानले युएईसँग खेल्ने छ ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











