Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

हेटौंडामा मेयर लामाको 'एसी र इन्भटर' तोक आदेशले तातेको सामाजिक संजाल

Screenshot_20250417_15170-1744882836.jpg

४ बैशाख, हेटौंडा । बिहीबार बिहानदेखि हेटौंडा उपमहानगरपालिकालाई  एयर कन्डिसनर (एसी) र इन्भटर माग गरिएको र मेयर मेयर मिना कुमारी लामाको तोक आदेश भएको पत्रले यति बेला सामाजिक संजाल तातेको छ।

मेयर लामाले तोक आदेश गरी नगरपालिकाको ढड्डामा दर्ता भएको हेटौंडा–४ शितलमहल चोकस्थित एक शैलुनलाई एयर कण्डिसनर (एसी) र इन्भर्टरका लागि लगत अनुमान तयार गर्न भनि उल्लेख गरिएको तोकादेशसहितको उक्त पत्र भाइरल भएको हो। नगरपालिकाको ढड्डामा बैशाख ३ गतेको मितिमा १८३६३ मा दर्ता कायम भएको उक्त पत्रले यति बेला सामाजिक संजाल तताएको छ। 
त्यो पत्रमा उल्लेख गरिएको शैलुन त्यही हो जुन केही दिन अघि मेयर लामाले आफ्नो हातले उदघाटन गरेकि थिइन्।
उदघाटनका समयमा शैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने प्रतिबद्धता गरेकी उनले एकपटकमा तोक आदेश गरि उक्त सामग्री दिने प्रकृया अगाडि बढाएकि हुन्। सोहीअनुसार सुसन घलान संचालक रहेको ‘द नाइनटिन शैलुन’ले उपमहानगरपालिकालाई बैशाख ३ मा लिखित निवेदन गरेका थिए भने सोही दिननै तोक आदेश भएर प्रकृया अगाडि बढेको हो।  मेयर लामाको तोकादेशसहितको सो निवेदन आर्थिक प्रशासन महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनासमक्ष पेश गर्छन्।  
महाशाखा प्रमुख तिमल्सिनाले पनि तोकसहित उपमहानगरपालिकाका मर्मत संभार इकाइमा कार्यरत मेकानिक्स (सहायक चौथो) पुरुषोत्तम कुमार अधिकारीलाई आदेश गर्छन्। महाशाखा प्रमुख तिमल्सिनाले माग भएको सामग्रीको लागत अनुमान गरेर दिनु भनी बैशाख ३ गते नै आदेश गर्छन्। सो पछिका प्रक्रिया भने उपमहानगरपालिकाले अघि बढाउने गरी सहायक चौथो अधिकारीलाई पत्र पठाएको थियो।महाशाखा प्रमुख तिमिल्सिनाले माग भएको सामग्रीको लागत अनुमान गरेर दिनु भनी वैशाख ३ गते नै आदेश गर्छन्।सो पछिका प्रक्रिया भने उपमहानगरपालिकाले अघि बढाउने गरी सहायक चौथो अधिकारीलाई पत्र पठाएको थियो।

यस विषयमा बुझ्न उपमहानगरपालिकाको कार्यालय पुग्दा मेयर लामा र प्रमुख प्रशासकीय अधिकृत भरत गौतमसंगसँग भेट हुन सकेन्।यता उपमहानगरकाका प्रवक्ता सविन न्यौपानेले तोक मात्र लागेको हो माग भएको सामग्री दिइनसकेको बताएका छन्।न्यौपानेले युवाहरूको समूहले खेलको व्यवसायमा पढ्दै कमाउदै अभियानलाई सहयोग पुगेस भन्ने उद्देश्यले मेयर लामाले सहयोगको प्रतिवद्धता गरेको जिकिर गरे। उनले मेयरको व्यवसाय प्रवर्द्धनको लागि सहयोग गर्ने अधिकार रहेकाले यसो गरिएको हो, यो ठूलो इश्यू नभएकोले प्रचारवाजी गर्न आवश्यक नगरेको बताएका छन्। तोक आदेशको पत्र संचालक घलानले आफै टिकटक मार्फत सार्वजनिक गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg