Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

हेटौंडा-७ को बेलिब्रिज जीर्ण बन्दै, मालवाहक सवारीलाई कडाइ गर्न माग

Screenshot_20250424_09172-1745465811.jpg

हेटौंडा ७ कर्रा खोलामा रहेको वनदेवी बेलिब्रिज

११ बैशाख, हेटौंडा । कान्तिलोकपथबाट हेटौंडा ७ को वडा कार्यालय जोड्ने कर्रा खोलामा निर्माण भएको बेली ब्रिज जीर्ण बन्दै गएको छ। न्युरेनी चिसापानिबाट नागस्वती जोड्ने ४६ मिटर लम्बाइ भएको पुल भारवहन क्षमता भन्दा बढीका सवारी चल्दा पुल जीर्ण बन्दै गएको हो।
मालवाहक सवारी चलाउन प्रतिबन्ध लगाएपनि लुकीछिपी अटेर गरी सवारी चलाउँदा पुल जीर्ण बनेको हेटौंडा ७ का वडाअध्यक्ष दामोदर गौतमले बताएका छन्। अघिल्लो वर्ष जसोतसो मर्मत सम्भार गरिपनि यस पटक बजेट अभावमा मर्मत सम्भार हुन नसकेको वडाध्यक्ष गौतमले बताए ।
अहिले पुलको नट ढिला भएको, फलामको पाता उप्केकोले जुनसुकै बेला पुल भत्किन सक्ने र दुर्घटना निम्तिन सक्ने स्थानीयले दुखेसो पोखेका छन्। पुलबाट दैनिक २ दर्जन नदिजन्य पदार्थ बोकेका ट्याक्टर द्रुत गतिमा हुइकिने गरेको एक स्थानीयले बताएका छन्। पुल जीर्ण बनाउनमा नदीजन्य पदार्थ बोकेका ट्याक्टरले प्रमुख भूमिका रहेको स्थानीयको भनाई छ। उनीहरूले मालवाहक सवारीलाई नियन्त्रण गर्न सुरक्षा निकायले ध्यान दिनु पर्ने र उपमहानगरपालिकाले मर्मतमा चासो दिनु पर्ने बताएका छन् ।
हेटौंडा-७ घर भई बेल्जियम निवासी सहदेव गौतमको पहलमा निर्माण गरिएको पुलको तत्कालीन प्रधानसेनापति महारथी छत्रमान सिंह गुरुङ र एनआरएन अध्यक्ष डाक्टर उपेन्द्र महतोले २०६६ साल असोज ३० गते समुद्घाटन गरेका थिए। वन देवी बेलिब्रिज निर्माण भएपछि कान्तिलोकपथबाट वडा कार्यालय जाने सेवाग्राही, हेटौंडा-७ र हेटौंडा-१५ का स्थानीय र मकवानपुरको पूर्वी भेग जानेहरूलाई सुविधा पुगेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg