Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

हेटौंडा ७ मा मन्त्री काफ्लेले गरे रामानुजाचार्यको समतामूर्तीको अनावरण

Screenshot_20250502_15192-1746178599.jpg

१९ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७, न्युरेनी चिसापानी स्थित पशुपति मन्दिरको हाताभित्र रामानुजाचार्यको समतामूर्ती स्थापन गरिएको छ। स्थापना गरिएको समतामूर्तीको शुक्रबार अनावरण गरिएको छ। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले स्थापना गरिएको समतामूर्तीको अनावरण गरेका हुन्।
पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुबोध रिमालको अध्यक्षतामा भएको अनावरण कार्यक्रममा न्युरेनी चिसापानि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रकाश कार्की, मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष केदार प्रसाद मिश्र, दिलिप घिमिरे, कृष्ण प्रसाद घिमिरे, संगालो टोल विकास संस्थाका अध्यक्ष रोम बहादुर न्यौपाने, स्वामी वरदराज आचार्य, बद्री सापकोटा, जनार्दन पौडेल, स्थानीय महिला, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।
रामानुजाचार्यको जन्मोत्सवको अवसरमा पारेर स्थानीय दामोदर अधिकारी र उनको परिवारको सहयोगमा करिब ५ लाखमा समतामूर्ती स्थापना गरिएको हो। कार्यक्रममा समतामूर्ती निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg