२० बैशाख, हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका ३ वटा वडाका स्थानीयहरुलाई लक्षित गर्दै सडक निर्माण भएको छ । सडक निर्माणसंगै आफ्नै जिल्ला सदरमुकाम र गाउँपालिका कार्यालय आउनसमेत अर्को जिल्ला हुँदै आउनुपर्ने बाध्यतामा रहेका हटेको छ ।
मकवानपुरको मनहरी गाउँपालिका-६ लोथरबाट हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ-६ पाङ्थली जोड्ने मोटरबाटो खुलेपछि राक्सिराङका ३ वटा वडाका बासिन्दासहित मनहरी-६ का स्थानीय हर्षित बनेका छन् । राक्सिराङ गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाका बासिन्दाले यसअघि चितवनको भण्डाराबाट राप्ती नगरपालिकाको विभिन्न वडा हुँदै आवतजावत गर्नुपर्ने बाध्यता थियो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको व्यक्तिगत पहलमा लोथर-पाङ्थली सडकले पूर्णता पाएसँगै राक्सिराङका ३ वटा वडाका बासिन्दाका लागि छोटो र छिटो यात्राको पहुँच वृद्धि भएको हो ।
२०७४ को निर्वाचन प्रचारप्रसारको क्रममा नेता बानियाँले राक्सिराङका बासिन्दाले आफ्नै गाउँपालिका कार्यालय र जिल्ला सदरमुकाम झर्न अर्को जिल्लाको बाटो हुँदै आवतजावत गर्नुपर्ने बाध्यता हटाउन सडक विस्तार गरिने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिवद्धताअनुरुप बानियाँले निजी एक्साभेटरको प्रयोग गरी करिब ४ महिना लगाएर लोथर-पाङ्थली सडकको करिब ७ किलोमिटर ट्रयाक पूरा गराएका थिए । सो सडकमा मनहरी गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरी स्तरीकरणको काम गरेपछि अहिले साना सवारी सञ्चालन हुन थालेको छ ।
शनिबार प्रदेशसभा सदस्य बानियाँसहित गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलगायतको उपस्थितिमा सडकको उद्घाटन गरिएको छ । आफ्नै कार्यकालमा मनहरी र राक्सिराङ जोड्ने सिदाम खोलामा पुलसमेत हालेर सो सडकलाई स्थायित्व दिने नेता बानियाँले प्रतिवद्धता जनाए । मनहरी र राक्सिराङका जनताले भीरको बाटो बुट्यान समाएर हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्नको लागि आफूले व्यक्तिगत रुपमा पहल गरेर लोथरबाट राक्सिराङको विकट भेग पुग्ने छोटो बाटो निर्माण गरिएको बानियाँले बताए ।
‘आफ्नै जिल्ला सदरमुकाम र गाउँपालिका कार्यालय आउन पनि अन्य जिल्ला हुँदै लामो र कष्टकर यात्रा गर्नुपर्ने बाध्यता अन्त्य गराउन मैले पहल गरेर यो छोटो बाटो निर्माण गरेको हुँ ।’ नेता बानियाँले भने –‘यो बाटोको अझ स्तरीकरण साथै एउटा पुलको आवश्यकता रहेको छ । मेरै कार्यकालमा पुल पनि बनाउने हो ।’ यसअघि राक्सिराङ-६ को सिलिङ्गे, सिलाधुनी, ७ को दामराङ, घिराङ, चरिमारा र ८ नम्बर वडाको ठुलो टोड्के, सानो टोड्केलगायतका बासिन्दाले भण्डाराबाट करिब २ घण्टाको कच्ची सडकको यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो । लोथरबाट नयाँ बनेको बाटोबाट पाङथली हुँदै राक्सिराङ ६ को सिलिङ्गेबाट चेपाङ राजमार्गको दुइटार पुग्न सकिन्छ भने बाङराङबाट सिलाधुनी चरिमारा गैजुराङबाट खैराङ र कैलाश गाउँपालिकाको बैकुण्ठसम्म पनि निस्कन सकिनेछ ।
मनहरी ६ स्थित लोथरबाट हिलेदमार हुँदै पाङ्थली जोडिएपछि यात्राको समय आधा छोटिएको राक्सिराङ–६ का वडाध्यक्ष अक्कलबहादुर मोक्तानले बताए । हिउँदमा सडक सञ्चालन हुने अवस्था भएता पनि पक्की पुल निर्माण र थप स्तरीकरण गराई बाह्रै महिना सवारी सञ्चालन गर्न सबैले ध्यान दिनुपर्ने मोक्तानको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्यसमेत रहेका मनहरी ६ का स्थानीय अशोक शाक्यले जनताको प्रतिनिधिको अठोटबाट विकट गाउँलाई सहजताको लागि सडक निर्माण भएको भन्दै प्रदेशसभा सदस्य बानियाँको प्रसंशा गरे । सबै नेता तथा जनप्रतिनिधिले बानियाँलेझैँ काम गरे जनताको मुहारमा खुसी थप्न सकिने बताए । ‘विकास निर्माणमा यो पार्टी त्यो पार्टी भनेर भन्नु हुँदैन । उहाँले त्यहि ढंगले काम गरिरहनुभएको छ । स्वतन्त्र उम्मेदवार बनेर पनि फेरि निर्वाचन जित्ने माहोल बनाउनुभाछ ।’ बानियाँको प्रसंशा गर्दै माओवादी नेता शाक्यले भने ।
सडक उद्घाटन कार्यक्रममा बोल्दै मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले व्यक्तिगत पहलमा निर्माण थालेको सडकको स्तरीकरण गर्न गाउँपालिकाले ३० लाख रुपैयाँ लगानी गरेको बताए । आगामी दिनमा सडकको नाला निर्माण र थप स्तरीकरण गर्न गाउँपालिकाले पनि बजेट विनियोजन गर्ने बताउँदै अध्यक्ष कालाखेतीले पक्की पुल निर्माणमा पनि बानियाँको पहलबाट बजेट विनियोजन हुने विश्वास व्यक्त गरे ।
सडक उद्घाटन कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य जानकी लामा, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौला, मनहरी ६ का वडा सदस्य कुलबहादुर नगरकोटीलगायतले मन्तव्य व्यक्त गरेका थिए । मनहरी ६ का कार्यबहाक वडाध्यक्ष विष्णु राईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...









-1779500375.jpg)





-1761227295-1778632336.jpg)

