Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

सुशासन कायम गर्न सरकारसँगै समुदायको भूमिका आवश्यक :अध्यक्ष मोक्तान

FB_IMG_1746457664726-1746457759.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले सुशासन कायम गर्न सरकारसंगेै समुदायका नागरिकको पनि भूमिका महत्वपूर्ण रहने बताएका हुन्।

हेटौंडामा नेपाल ग्रामीण पुनर्निर्माण संस्था(आरआरएन) र डब्लुएचएचको संयुक्त आयोजनामा खानेपानी, सरसफाई तथा स्वच्छता सुशासन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मोक्तानले सो कुरा बताएका हुन्।  उनले  भौगोलिक विकटता सँगै चेपाङ र तामाङ समूदायको बाहुल्यता रहेको मकवानपुरका राक्सिराङ र कैलाशमा नागरिकहरुमा व्यवहार परिवर्तन ल्याउन सके सुरक्षित खानेपानी र सरसफाई क्षेत्रमा परिवर्तन ल्याउन सकिने बताएका छन् ।  कैलाशमा आरआरएन सँग त सहकार्य जारी रहिरहेको बेला हामीले वाइन टु वाटरसँग खानेपानीको क्षेत्रमा काम गर्न सम्झौता गरिसकेका छौं, अध्यक्ष मुक्तानले भने ।  उनले गाउँपालिकामा ऐन निर्माण भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा दीगो विकास लक्ष्य २०३० पुरा गर्न तीन तहको सरकारसँगको सहकार्यमा काम गर्दै अघि बढिरहेको बताए ।

कार्यक्रममा राक्सिराङ गाउँपालिकाका प्रवक्ता हरिबहादुर प्रजा र कैलाश १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोनले तालिममा सिकिएको अनुभव र आगामी दिनमा गरिनुपर्ने कार्यबारे आफ्नो भनाई राखेका थिए । डब्लुडब्लुएचका वास विज्ञ विजु डंगोल,सांग्रीला थापा, मानबहादुर घानामगर, लक्ष्मण जोशी लगायतले  आफ्नो कार्यपत्र प्रस्तुत गर्दै तालिमलाई सहजीकरण गरेका थिए भने हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले हेटौंडा क्षेत्रको खानेपानीको अवस्था, व्यवस्थापन, महशुल, ऐन नियमका विषयमा आफ्नो अनुभव व्यक्त गरेका थिए ।
गोष्ठीमा खानेपानी, सरसफाई तथा स्वच्छताको सुशासन, नीतिगत कानून, जलवायू अनुकुलन तथा विपद् जोखिम व्यवस्थापन, तीन तहको सरकारको सहकार्यका विषय, प्रदेश तथा स्थानीय तहका लागि लैंगिक उत्तरदायित्व बजेट विषयक छलफल गरिनुका साथै सामाजिक समावेशीकरणका लक्षित वर्ग, बजेटको विकास, वर्गीकरण, सूचक विषयक छलफल गरिएको थियो ।   
कैलाश गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, खानेपानी तथा सरसफाइ उपभोक्ता राष्ट्रिय महासंघ प्रदेश अध्यक्ष बद्रीप्रसाद देवकोटा, हेटौंडा खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ट, आरआरएनका कार्यक्रम व्यवस्थापक निराजन पोखरेल, डब्लुडब्लुएचका वास विज्ञ विजु डंगोल, सांग्रीला थापा, गाउँपालिका राष्ट्रिय महासंघका समन्वय अधिकृत रुपेश दुलाल, प्रशिक्षक मानबहादुर घानामगर, लक्ष्मण जोशीको आतिथ्यता रहेको थियो । कार्यक्रममा राक्सिराङ र कैलाश गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुखहरुको सहभागिता रहेको छ । नेपाल ग्रामीण पुनर्निर्माण संस्था(आरआरएन) र डब्लुएचएचले मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी योजनाहरुमा काम गर्दै आइरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg