Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप एसिया छनोट: नेपालद्वारा बहराइन पराजित

20250510_145225-1746868149.jpg

२७ बैशाख, हेटौंडा । आइसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत वर्षाले प्रभावित दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको छ। ५ ओभरको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ बल बाँकी हूँदै १ विकेट गुमाएर जित हासिल गरेको हो।
वर्षाका कारण ५-५ ओभरमा घटाइएको खेलको टस जितेर पहिलो ब्याटिङको गरेको बहराइनले १ विकेट गुमाएर ४१ रन जोड्यो । बहराइनका लागि दिपिका रसंगिकाले १३ बलमा ३४ रन बनाएर अविजित रहिन्। उनले ६ चौका र १ छक्का प्रहार गरिन् ।
त्यस्तै थरान्गा गजनायाकेले ३ तथा जेनाब फाजिलले २ रन जोडे। नेपालका लागि पुजा महतोले एकमात्र विकेट लिएकी थिइन् । अन्तिम ओभरमा दिपिकाले सबनम राईलाई १ छक्का र ३ चौकासहित २० रन प्रहार गरेकी थिइन्।
जवाफमा नेपालले उक्त लक्ष्य ४.२ ओभरमा पुरा गर्यो। नेपालको जितमा सम्झना खड्काले १० बलमा १३ रन बनाउँदा कविता कुंवरले ११ बलमा १८ न बनाइन्। त्यस्तै इन्दु वर्मा ७ रनमा अविजित रहेकी थिइन्।
त्यसअघि नेपाल र हङकङबिचको पहिलो खेल वर्षाले रद्द भएको थियो। समूहका २ टोलीले एक आपसमा २-२ खेल खेलेपछि शीर्ष टोली अर्को चरणमा पुग्ने प्रावधान रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

थप समाचार