२७ बैशाख, हेटौंडा। सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको छ।फेकोफन मकवानपुरको आयोजनामा जिल्ला परिषद सम्पन्न गरेको हो।
फेकोफन जिल्ला अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यतामा परिषद सम्पन्न भएको हो।फेकोफन मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारीले आर्थिक प्रतिवेदन र अध्यक्ष चौलागाईले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
परिषद्को अवसरमा महासंघका संस्थापक अध्यक्ष पुष्पराज पराजुली,निवर्तमान अध्यक्ष पञ्चमाया स्याङ्तान, पूर्व परियोजना संयोजकद्धय रुजन ओझा र सुसन विश्वकर्मा लगायत अन्य व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा, डिभिजन वन कार्यालय राप्तीका प्रमुख सुरेश प्रसाद गुप्ता, डिभिजन वन कार्यालय हेटौंडाका वन अधिकृत बसन्तराज गौतम, पारिवारिक निजी वन महासंघका महासचिव आरती पाठक, स्थानीय महासंघ राक्सिराङका अध्यक्ष थलबहादुर थापा, निवर्तमान अध्यक्ष पञ्चमाया स्याङ्तान लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा नेकपा एमालेका सचिव सीता विष्ठ, राप्रपा नेपालका गुरुप्रसाद सापकोटा, नेकपा एसका उपसचिव किशोर बर्तौला, नेकपा माओवादी केन्द्रका जीवन गोले, गैसस महासंघका अध्यक्ष रमिला सापकोटा, नेफिन मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ लगायतको आतिथ्यता रहेको थियो । महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाईले परिषद्का उद्देश्य, समस्याहरुको विषयमा आफ्ना भनाई राखेका थिए ।
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...









-1779500375.jpg)





-1761227295-1778632336.jpg)

