Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कैलाशमा नागरिक सुनवाई कार्यक्रमको आयोजना

FB_IMG_1747222361328-1747241709.jpg

३१ बैशाख,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। बुधबार गाउँपालिकाको कार्यालय कालिकाटारमा  जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा भएको लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो।
नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रमलाई  सम्बोधन गर्दै गाउँपालिका  अध्यक्ष लोकबहादुर मुक्तानले मकवानपुरको यूवाको भविष्य नभएको बताउँदै अधिकांश दुव्र्यसनीमा फसेको बताएका छन् । गाजाँ खेतीको विषयमा विद्येयक प्रदेश सरकार र संघीय सरकार दर्ता भएको अवस्थामा खेती गर्नेको संख्या बढ्दो रहेको बताए । कैलाश र राक्सिराङमा कच्चा पदार्थ उत्पादन हुन्छ, त्यो भारत पुगेर लाखौं मुल्यमा नेपाल भित्रने गरेको अध्यक्ष मुक्तानले बताए । हामी स्थानीय सरकारले चेतना अभिवृद्धि मात्रै गर्ने हो भने सुरक्षा निकाय  वीउ देखीनै नष्ट गर्ने अभियानमा लाग्नुपर्ने बताए । लागूपदार्थ दुव्र्यसनी सम्बन्धी कार्यक्रमहरु नीति तथा योजनामा समेट्ने अध्यक्ष मुक्तानले बताए ।

गाजाँ इलिगल हो, उत्पादन, सेवन र बिक्री गर्न कानून विपरित पर्दछ, प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले बताईन् । मकवानपुरको कैलाश र राक्सिराङ गाजाँ र अफिमको पहिचानले चिनिने अवस्था छ, त्यसलाई परिवर्तन गर्न गाउँगाउँमा रहेका जनप्रतिनिधिहरुले नै रहेको बताईन् । गाउँको मुहार फेर्ने नै जनप्रतिनिधिले हो, भूगोल अनुरुप कार्य गर्दै लागूपदार्थ गाजाँ र अफिम खेती, विक्री वितरण र सेवनको अन्त्य गरिनुपर्छ, प्रजिअ श्रेष्ठले भनिन् ।  
उनले हामी गाउँपालिका आयौं अब तपाईहरुले गाउँगाउँ टोलटोलमा पुगेर आफुले बुझेका कुराहरु जानकारी गराउन आग्रह गरिन् । अन्तरक्रियामा उठेका नागरिकता र राष्ट्रिय परिचयपत्रको गुनासोहरुलाई पनि सम्बोधन गरेकी थिईन् । 
कार्यक्रममा  प्रहरी उपरीक्षक विश्वराज खड्काले लागू औषध  सम्बन्धी आफ्नो प्रस्तुती दिएका थिए । उनले दुव्र्यसनका चरणहरु, शारिरीक तथा मानसिक असरहरु, यूवाहरुमा परेको असरहरु, ऐनमा उल्लेख भएका विशेषता तथा दण्ड सजायबारे जानकारी दिएका थिए । अफिमबाट बन्ने ब्राउन सुगर प्रयोगकर्ता मकवानपुरमा अन्य जिल्लाभन्दा अग्र स्थानमा रहेको प्रहरी उपरीक्षक खड्काले बताए । समस्या र चुनौति धेरै रहेको अवस्थामा पनि नियन्त्रण गर्नमा नियमित कार्यहरु गरिरहेको उनले बताए । चालु आवमा चार हजार तीन सय १७ किलो गाजाँ र २० किलो अफिम बरामद गरिसकेको तथ्याङ्कमा उल्लेख रहेको छ । कार्यक्रममा मकवानपुर रिकभरी समूहका अनिल लामाले आफ्ना अनुभव र दुव्र्यसनमा फस्ने किशोर अवस्था र यूवाहरुको दुव्र्यसनको चक्रबारे आफ्नो प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । प्रस्तुती पश्चात वडा १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, वडा ७ का अध्यक्ष उदासकुमार भोलन, वडा ९ का अध्यक्ष भूवन सिं घलान, मणिकलाल मुक्तान, रवीन्द्र थिङ, महेश चेपाङ, राजकुमार चेपाङ, राजेन्द्र थिङले आफ्ना जिज्ञासा राख्नुका साथै नागरिकता तथा राष्ट्रिय परिचयपत्रको विषयमा भनाई राखेका थिए । 
मकवानपुर प्रजिअ स्किम श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाअ अध्यक्ष मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रहरी उपरीक्षक विश्वराज खड्का, सशस्त्र प्रहरी बल १४ नं. गणका प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाह, राष्ट्रिय अनुसन्धान विभाग हेटौंडा कार्यालयका उप अनुसन्धान निर्देशक प्रज्वल खड्का, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, राजनितिक दलका प्रतिनिधि, स्थानीयबासी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg