१५ जेठ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा सञ्चालन भएको एक महिने व्यूटिसियन तथा मेकअप तालिम बिहीबार सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको सहयोगमा हिमगंगा ग्रामीण विकास केन्द्रको आयोजनामा तालिम सञ्चालन भएको तालिम बिहीबार सक्किएको हो।
कैलाश वडा नम्बर ९ का अध्यक्ष भूवन सिं घलानको अध्यक्षता भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले सीप दीगोपनाका लागि टिकाउ र बिकाउ हुनुपर्ने बताउँदै तालिम लिएकाहरुको सीप बिक्नुपर्ने बताएका छन् । उनले सीप सिकेर उद्यम बन्नुपर्नेमा जोड रहेको भन्दै बैकुण्ठमा होमस्टे तालिम पश्चात होमस्टे सञ्चालन सुरु भएको बताए ।
आर्थिक वृद्धिका लागि पर्याप्त स्रोत छैन्, तैपनि प्रदेश र संघीय सरकारसँग तालिम सीपको लागि योजना माग गरेर भएपनि तालिमहरुको आयोजना गर्दै आइरहेको अध्यक्ष मुक्तानले बताए । उनले सीप पश्चात व्यवसायिक रुपमा लाग्न सबै सहभागिहरुलाई आग्रह समेत गरेका छन् ।
कार्यक्रममा सीप सिकेर उद्यम बन्न गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले आग्रह गरेका छन् । व्यवसाय गर्न नसके पनि गाउँठाउँमा घरदैलो गरेर पनि सीपलाई आम्दानीमा जोडर अघि बढ्नुपर्ने बताउँदै तालिममा राज्यको लगानी परेकाले सिकेको सीपलाई भरपुर सदुपयोग गर्नुपर्ने जोड दिए । तालिमका सहभागी तारा थिङले सीप पश्चात पार्लर सञ्चालन गर्न सकिने बताउँदै व्यूटिसियन तालिम हामीले एडभान्स तालिम लिन सके अझै निखारिने बताईन् । समूहमा मिलेर वा एक्दै घरदैलो गरेर भएनि आफु सिकेको सीपलाई भरपुर सदुपयोग गर्ने प्रतिवद्धता जनाईन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सुमित्रा थिङ, कार्यक्रम संयोजक इन्दिरा न्यौपाने, ९ नम्बर वडा सचिव पुजा बल्लभ, महिला, बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख रमिला सापकोटा, तालिमका प्रशिक्षक माला श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । एक महिने व्यूटिसियन तथा मेकअप तालिम तथा ३ दिने उद्यमशीलता तालिममा १८ जना महिलाहरुको सहभागिता रहेको थियो ।
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...









-1779500375.jpg)





-1761227295-1778632336.jpg)

