Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर ३० औं साक्षर जिल्ला घोषणा

Educated-District-(2)-1473938740.jpg

३० भदौ, हेटौँडा । मकवानपुर विहिबार देशको ३० औं साक्षर जिल्लाको रुपमा विहिबार घोषणा गरिएको छ । शिक्षामन्त्री धनिराम पौडेलले हेटौँडाको पल्पसा सभागृहमा भएको घोषणा सभामा मकवानपुरलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । 
देशभरका ५९ जिल्ला साक्षर घोषणा गर्ने क्रममा २९ जिल्ला यसअघि घोषणा भईसकेको र मकवानपुर ३० औं जिल्ला भएको मन्त्री पौडेलले बताए । उनले बाँकीलाई साक्षर जिल्ला घोषणा गर्ने क्रम तिब्र बनाईएको उनले बताए । कार्यक्रममा बोल्दै उनले साक्षर जिल्ला घोषणा भएकोमा मकवानपुरबासीमा आभार व्यक्त गर्दै निरतर साक्षरताको अभियान जारी राख्न आग्रह गरे । उनले शिक्षालाई आयआर्जनसंग जोड्नुपर्ने बताउँदै यस अनुसार सरकार अघि बढेको बताए । 
राष्ट्रभाषा र मातृभाषाका वर्ण र अक्षर पढन सक्ने, मातृभाषा र नेपाली भाषामा लेखिएका मुल्यसूचि, बिल पढ्न सक्ने, आफ्नो परिवारका सदस्यहरुको नाम, उमेर पढन,लेख्न सक्ने, ० देखि ९ सम्मका अंक पढलेख गर्न सक्ने, १ देखि १०० सम्म गणना गर्न सक्ने, सरल लेनदेनका हिसावहरु राख्न सक्ने, घडी हेरेर समय बनाउन सक्ने, मोवाइलका अंक चिनी प्रयोग गर्नसक्ने लगायतका सूचकका आधारमा मकवानपुरलाई साक्षर जिल्ला घोषणा गरिएको मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आचार्यले कार्यक्रममा जानारी दिए । 
२०६८ को जनगणना अनुसार मकवानपुरको १५ देखि ६० बर्ष उमेर समूहका मध्ये ९८ दशमलव ९७ प्रतिशत साक्षर भएकाले जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । कूलजनसंख्या २ लाख ३८ हजार ४ सय ९७ मध्ये १५ देखि ५० उमेर समूहका २ लाख २६ हजार ५० सय साक्षर रहेका छन् । 
भारी बर्षाका बीच भएको घोषणा सभालाई मकवानपुरका सांसद अनन्त पौडल, गणेश थापा, शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक दिनेशकुमार श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विके, राजनैतिक दलको तर्फबाट राप्रपा नेपालका केन्द्रिय सदस्य नवराज विष्ट, जिविसका सामाजिक विकास अधिकृत रामकृष्ण थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । यसअघि विद्यार्थी, शिक्षक, अभिभावक र शिक्षा क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिसहितको र्यालीले बजार परिक्रममा गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार