२० जेठ, हेटौंडा । विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा सोमबारबाट सुरु भएको त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालले घरेलु टोलीमाथि रोमाञ्चक जित हासिल गरेको छ । नेपालले सोमबार राति सम्पन्न खेलमा स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै महत्वपूर्ण २ अङ्क जोड्न सफल भयो ।
अन्तिम बलमा १ रन चाहिँदा मार्क वाटले वाइड बल फाल्न पुग्दा नेपाल विजयी भयो । स्कटल्यान्डलाई हराएसँगै नेपालका प्रशिक्षक स्टुआर्ट लले पनि प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भए । जितपछि नेपाल युएइलाई पछि पार्दै १३ खेलबाट ८ अङ्क बनाएर सातौं स्थानमा उक्लिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले दिएको २ सय ९७ रनको लक्ष्य पछ्याएको नेपालले १ बल बाँकी हुँदा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेपालका लागि करण केसीले सर्वाधिक ६५ रनको अविजित इनिङ खेले । उनले ४१ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए ।
उनी बाहेक ओपनर कुशल भुर्तलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन बनाउँदा आसिफ शेख २० रनमा आउट भए । त्यस्तै भिम सार्की ४० रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ३७ रन बनाएका थिए । यि बाहेक गुल्सन झाले ४२ रन बनाउँदा नवौं नम्बरमा ब्याटिङका लागि आएका करण केसीनै जितका लागि नायक सावित बनेका थिए । केसी र झा बिच आठौं विकेटका लागि ६० रनको साझेदारी गरेका थियो । स्कटल्यान्डका ब्रान्डन म्याकमुलनले ३ विकेट लिएपनि टिमको हार टार्न सकेनन् । उनी बाहेक ज्या जार्भीस र माइकल लिस्कले समान २-२ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो । स्कटल्यान्डको प्रतिस्पर्धात्मक स्कोरमा ओपनर चार्ली टियरले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ८० रन जोड्दा फिनाली म्याक्राथले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै, म्याथ्यु क्रसले ३९ रन बनाउँदा माइकल लिस्कले १८ रन बनाएका थिए । मार्क वाटले १० रन बनाएका थिए ।
त्यस्तै, जर्ज मुन्सीले १२ रन बनाउँदा ब्रान्डन म्याकमुलन १९ रनमा पेभिलियन फर्किएका थिए। कप्तान रिची बेरिङ्गटन ४० रन बनाएर आउट भएका थिए। नेपालका लागि रिजन ढकाल, करण केसी, सोमपाल कामीले समान २-२ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट लिएका थिए ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















