Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

हेटौंडामा सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चूनौती र अवसर बारे कार्यशाला गोष्ठी

Screenshot_20250607_17260-1749296592.jpg

२४ जेठ, हेटौंडा। हेटौंडामा सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चूनौती र अवसर विषयक कार्यशाला गोष्ठीको आयोजना गरिएको छ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा शनिबार हेटौंडामा सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चूनौती र अवसर विषयक कार्यशाला गोष्ठीको आयोजना गरिएको हो। 
उक्त गोष्ठीको हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले गरेकी थिइन् । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले देश र समाजप्रति हेर्न दृष्टिकोण नकारात्मक हुँदा अहिलेको व्यवस्था र संविधान दुबै असफल हुने बताइन्। मेयर लामाले पत्रकारिता पनि नकरात्मक कुराको हावी हुदै गएको उल्लेख गर्दे, सकारात्मक भन्दा पनि नकरात्मक कुरालाई मात्र हल्ला गर्ने प्रवृत्ति बढ्दै गएको बताइन्। 
उनले  जनप्रतिनिधिको भिजनलाई तल्लो तहसम्म लैजाने पत्रकार भएको बताइन्।
कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा रहेका पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सुरक्षित रुपमा पत्रकारिता गर्ने वातावरण बनाउन राज्यलाई जवाफदेही बनाउनुपर्ने बताए ।  महासचिव दाहालले तीन  तहकै सरकारले कानुन मार्फत प्रेसलाई नियन्त्रण गर्न खोजेको आरोप लगाए भ
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले प्रविधिको तीव्र विकासले पत्रकारिता गर्ने प्रवृत्ति परिवर्तन हुदै गएको बताएका छन्। कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पुर्व अध्यक्ष प्रताप विष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए। 
कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले रचनात्मक पत्रकारिता, एआईले निम्त्याउने चूनौति र यसका सकारात्मक पक्षहरू विषयमा र  नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकार आचारसंहिता र विपद् पत्रकारिता सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए। 
कार्यक्रममा उपाध्यक्ष हरि हुमागाईं सहित विभिन्न पत्रकार संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg