वर्थिङ सेन्टर उदघाटन गर्दै पालिका अध्यक्ष सहितको टोली
२४ जेठ, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको वडा नम्बर ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर तथा ओटिसी सेन्टर संचालनमा आएको छ। शनिबार बर्थिङ सेन्टर तथा ओटिसी सेन्टर उदघाटन भएसंगै संचालनमा आएको हो।
शनिबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले सेन्टरको उद्घाटन गरेका थिए। होम डेलिभरीको अन्त्य गर्न वडावडामा स्वास्थ्य चौकी सहित बर्थिङ सेन्टर सञ्चालन गर्ने हेतुले ज्यान्द्रुङमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको हो । उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले आगामी वर्ष देखी कैलाशका सबै वडावडामा वर्थिङ्ग सेन्टर रहने बताएका छन् । गर्भवती आमा र बच्चाको स्वास्थ्य अवस्था ठिक राख्न र सुत्केरी हुने बेला स्वास्थ्यकर्मीहरुकै हेरचाह र उपचार गर्दा विभिन्न जोखिमबाट बच्न र बचाउन सकिने भएकाले वर्थिङ्ग सेन्टरबाट सेवा लिन सबैलाई अध्यक्ष मुक्तानले आग्रह गरेका छन् ।
प्रत्येक वडामा आमा सुरक्षा कार्यक्रम र पोषण कार्यक्रम भइरहेको छ, यहाँका नागरिकले स्वास्थ्य परिक्षण समयमै पाइरहेको अवस्थामा यस वर्थिङ्ग सेन्टरले थप टेवा पुग्नेछ, उनले भने । भौलोलिक विकटता छ, जसले होम डेलीभरीको संख्या बढ्न गइरहेको छ । त्यसको अन्त्यको लागि स्वास्थ्य स्वंमसेविकाको ठुलो भूमिका रहेको रहन्छ, जिरो बनाउन तर्फ लाग्नुस, अनि मात्र स्वास्थ्य क्षेत्रमा गरिएको लगानीले सार्थकता पाउने छ, उनले भने । गर्भवति महिलाहरुले स्वास्थ्य संस्थाबाटै कम्तिमा ८ पटक गर्भ जाँच गर्न आग्रह गरेका थिए ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले वर्थिङ्ग सेन्टर स्थापनाले मात्र हुन्न यहाँबाट सम्बन्धित विरामीले सेवा लिनुपर्नेमा जोड दिएका छन् । घरमा सुत्केरी गराउनु भन्दा स्वास्थ्यका हिसाबले सेन्टरमै आएर सुत्केरी गराउँदा धेरै राम्रो रहने बताउँदै वर्थिङ्ग सेन्टरबाट आमा र बच्चाले उपचार गराउँदा मात्रै सार्थकता प्राप्त रहने बताए । गाउँपालिकाले सुत्केरीहरुका लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ, विभिन्न सूचकलाई पुरा गर्दै स्वास्थ्य क्षेत्रमा आवश्यक काम गरिरहेको उनले बताए ।
वडा नम्बर ४ का वडाध्यक्ष तीलकबहादुर मुक्तानको अध्यक्षतामा वर्थिङ्ग सेन्टरको उद्घाटन गरिएको थियो । डोकोमा घण्टौं समय हिड्ने दिन गए, अब गाउँघरमै सुत्केरी र बच्चाको सरल र सहज ढङ्गले हेरचार र उपचार हुन्छ, वडाध्यक्ष मुक्तानले भने । वर्थिङ्ग सेन्टरमा स्वास्थ्यकर्मी २४ घण्टै रहन्छन्, राय सल्लाह सुझाव अनुरुप सेवा लिन सबै गर्भवती आमाहरुलाई आग्रह गरेका छन् ।
वर्थिङ्ग सेन्टरसँगै कडा कुपोषण बच्चाहरु उपचारको लागि ओटिसी सेन्टर पनि सञ्चालनमा ल्याइएको छ । जग्गा अभावका कारण वर्थिङ्ग सेन्टर निर्माणमा ढिलाई भएको थियो । स्थानीय कर्णबहादुर थिङले तीन रोपनी जग्गा दान गरेपछि १३ लाख लगानीमा वर्थिङ्ग सेन्टर निर्माण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण यादवले बताए । उक्त वर्थिङ्ग सेन्टरमा गोपेघारी, देउतीस, धुस्राङ, देउराली, लिच्चे क्षेत्रका स्थानीयहरुले सेवा लिन सक्ने प्रमुख यादवले बताए । कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष देवलाल बल, वडा ४का कार्यपालिका सदस्य सम्झना गोले, वडा सदस्यहरु नेमराज चेपाङ, रवीन्द्र सिन्तान, स्वास्थ्य शाखा प्रमुख कृष्ण यादव, प्रेम सेवा समाजका लेखा प्रमुख विष्णु गुरुङ, स्वास्थ्य सहजकर्ता मार्था फ्युवा, भार्ता प्रहरी चौकीका प्रमुख प्रकाश घिमिरे, वडा ४ का सचिव अशोक शर्मा लगायतको आतिथ्यता रहेको थियो।कार्यक्रममा जग्गादाता कर्णबहादुर थिङलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...






-1779500375.jpg)









-1761227295-1778632336.jpg)

