२८ जेठ, हेटौंडा। कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का लागि गाउँपालिकामा उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको बताएका छन्।मंगलबार स्थानीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोली सम्बन्धी अन्तरक्रियाका साथै विपद् कन्टिजेन्सी योजना निर्माण कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले मानिसमा लाग्ने विभिन्न रोग प्रकोपका विपद् सँगै पशुपन्छीमा लाग्ने रोगव्यादी र विपद्मा हामीले ध्यान दिएको बताएका हुन् ।
विपद्का लागि आगामी नीति कार्यक्रमका विभिन्न कार्यक्रम समेट्ने गरी स्थानीय द्रुत प्रतिकार्य समिति मार्फत आवश्यक समन्वय र सहकार्य गरेर कार्य गरिने बताए । मौसम परिवर्तनको समय छ, मौसमी रोगहरुको प्रकोप फैलिन सक्छ, सबै स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहनुस्, अध्यक्ष मुक्तानले भने । उनले गाउँपालिकामा प्रर्याप्त औषधि छन्, अपुग भएमा माथिल्लो निकायसँग समन्वय गर्न आग्रह गरेका छन् ।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले विपद्को अवस्थामा गाउँपालिका तयारी अवस्था रहने बताए । रोगव्यादी मात्रै नभई बाढी पहिरोको जोखिम रहने यस क्षेत्रमा उक्त विपद्को पनि हामी तयारी रहनुपर्ने बताए । हामी पूर्व तयारीका साथ छौं, अपुग आवश्यक सामाग्रीहरु खरिद गरेर तयारीमा रहन्छौं, उपाध्यक्ष मल्लले भने । स्थानीय द्रुत प्रतिकार्य समिति र टोली तयारी अवस्थामा रहनुपर्छ ।
कार्यक्रममा डब्लुएचओका प्रतिनिधि डा. सविता पौडेलले स्थानीय द्रुत प्रतिकार्य समिति र टोलीले गर्नुपर्ने निर्देशिका, विश्वमा घटेका विपद् तथा महामारीहरु, नेपालमा देखिएका ५२ वटा संक्रमण रोगहरु, सार्वजनिक महामारीका संकेतहरु, कैलाशमा जंगली च्याउको प्रयोग र त्यसबाट हुने असर, रोग निगरानी तथा महामारी व्यवस्थापनको तयारीका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिईन् । यसैगरी जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले आरआरटी र आरआरसीको बारे जानकारी गराएका थिए । उनले तीन तहको सरकारमा स्थानीय द्रुत प्रतिकार्य समिति र टोली बनेको अवस्थामा महामारीको प्रकृति अनुसार समिति र टोलीको निर्माण हुने बताए । उनले समिति र टोलीको काम कर्तव्य र अधिकारबारे प्रष्ट पारेका थिए ।
गाउँपालिका अध्यक्ष मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्ल, १० वडा अध्यक्ष सुर्यबहादुर ब्लोन, डब्लुएचओका प्रतिनिधि डा. सविता पौडेल, जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण यादव लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाको वडाका स्वास्थ्य चौकीका कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...






-1779500375.jpg)









-1761227295-1778632336.jpg)

