Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मकवानपुरको विकट कैलाश बन्यो पूर्ण खोप सुनिश्चिता पालिका

Screenshot_20250613_19470-1749823369.jpg

३० जेठ, हेटौंडा। मकवानपुरको विकट  मानिएको कैलाश गाउँपालिका पहिलो पटक पूर्ण खोप सुनिश्चिता तथा दिगोपना गाउँपालिका घोषणा भएको छ ।

गाउँपालिकालाई शुक्रबार एक कार्यक्रमका बिच बागमती प्रदेशका प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा गरेका हुन् । खोप सँगै पूर्ण संस्थागत गर्भजाँच गाउँपालिका भनी पनि घोषणा गरिएको हो । 
पूर्णखोप  गाउँपालिका सुनिश्चित गर्ने राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम यहीँ जेष्ठ २५  गते सम्ममा १६ महिनादेखी २३ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेकोले कैलाशलाई
जिल्ला पूर्णखोप समन्वय समितिको सचिवालयले पूर्णखोप सुनिश्चिता गाउँपालिकाको प्रमाणपत्र प्रदान गरे सँगै कैलाशलाई घोषणा गरिएको हो । खोप समन्वय समिति गाउँपालिकाका संयोजक एंव गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षता तथा प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 

कार्यक्रममा  ४२ जना स्वास्थ्यकर्मीलाई प्रशंसापत्र प्रदान गरिनुका साथै वडाका १० वटा स्वास्थ्य चौकी, ७ वटा स्वास्थ्य र शिक्षा क्षेत्रका काम गर्ने संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पत्रकार गणेश दुलाललाई नगद सहित सम्मान गरिएको थियो । सोही अवसरमा खोप कार्यमा सक्रिय रहेका उत्कृष्ट तीन स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो भने तीन उत्कृष्ट स्वास्थ्य चौकीलाई पनि सम्मान गरिएको थियो । 
गाउँपालिका घोषणा अघि बैशाखको अन्तिम सातामा पूर्णखोप वडा सुनिश्चित घोषणा गरिएको थियो । कार्यक्रममै वडा घोषणा भएको प्रमाणपत्र वडाध्यक्ष र स्वास्थ्य चौकी प्रमुखहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । 
भौगोलिक दृष्टिले विकटता रहेको गाउँपालिका स्वास्थ्य र शिक्षाको क्षेत्रमा विस्तारै फड्को मार्दै आइरहेको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा १ का अध्यक्ष तेजबहादुुर ब्लोन, २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, ३ का वडाध्यक्ष देवलाल बल, वडा ६ का वडाध्यक्ष रामबहादुर गोम्बा, वडा ७ का वडाध्यक्ष उदासकुमार भोलन, वडा ८ का वडाध्यक्ष आशिष प्रजा, वडा ९ का अध्यक्ष भूवनसिं घलान, वडा १० का अध्यक्ष सुर्यबहादुर ब्लोन, जिल्ला खोप फोकल पर्सन बासुदेव रिमाल, विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

FB_IMG_1749825327060-1749825346.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg