Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

नेपाल नेदरल्यान्ड्ससंग पराजित

20250617_052044-1750116989.jpg

३ असार, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो एक सयौं टी-२० अन्तर्राष्ट्रिय खेलमा नाटकिय पराजय भोगेको छ। टी‍-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै पहिलो पटक खेल तेस्रो सुपर ओभरमा धकेलियो। जहाँ तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्स विजयी भयो। नेदरल्यान्ड्सको यो जारी सिरजमा दोस्रो खेलमा पहिलो जित हो। नेपाल भने पहिलो खेलमा पराजित भयो।
रोमाञ्चक खेलमा निर्धारित २० ओभरमा दुबै टिमले समान १ सय ५२ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। पहिलो सुपर ओभरमा समान १९-१९ रनको बराबरी भएपछि दोस्रो सुपर ओभरमा खेल धकेलिएको थियो। जहाँ पुन १७-१७ रनको स्कोर भयो। तेस्रो सुपर ओभर भने निर्णायक बन्यो जहाँ डच टोलीले बाजि मार्यो।
तेस्रो सुपर ओभरमा नेपाली ब्याटरले केवल रन नजोड्दै २ विकेट गुमाउन पुग्दा डच टोलीले केवल १ रनको लक्ष्य पायो । तेस्रो सुपर ओभर लिएर आएका जच लियन क्याचेटले उत्कृष्ट बलिङ गरे। उनले पहिलो बलमै रोहित पौडेललाई क्याली क्लेइनद्वारा क्याचआउट गराए । त्यसपछि क्रिजमा आएका रुपेश सिंहलाई २ बल डट फाल्दै तेस्रो बलमा स्कट एडवार्ड द्वारा क्याचआउट गराउँदै सुपर ओभरमा दुइ विकेट गुमाउन पुग्दा नेपाल २ बल बाँकी हुँदै शुन्य रनमै समेटियो । जवाफमा सन्दीप लामिछाने बलिङका  लागि मैदानमा आए उनको पहिलो बलमै माइकल लेभिटले छक्का हान्दै टिमलाई जित दिलाए ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg