Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

सिद्धार्थ माविमा निर्वाचन प्रक्रियाबाट विद्यालय र सदन क्याप्टेनको नेतृत्व चयन

Screenshot_20250620_17543-1750421635.jpg

६ असार, हेटौँडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माविमा विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र सह-क्याप्टेनको नेतृत्व चयनकालागि नमुना निर्वाचन भएको छ । विद्यार्थीलाई मतदाता शिक्षा र प्रयोगात्मक अभ्यासका लागि शुक्रबार विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र सह-क्याप्टेनको चयन निर्वाचन प्रणालीबाट गरिएको हो। 

शुक्रबार सम्पन्न निर्वाचनमा विद्यालय क्याप्टेनमा समर घिसिङ  निर्वाचित भएका छन् भने दिपिसा श्रेष्ठ विद्यालय सह-क्याप्टेनमा निर्वाचित भएकी छन्।त्यसैगरी सम्पन्न निर्वाचन मार्फतमा ६ वटा सदनमा  क्याप्टेन र सह-क्याप्टेन गरी १२ जना निर्वाचित भएका छन्। 

सदनगत क्याप्टेनमा निलो सदनमा  निशा लामा, सह- क्याप्टेनमा प्रेरणा गोले निर्वाचित भएकी छन्।हरियो  सदनमा पृथ्वीनारायण यादव,  सह - क्याप्टेनमा गुरु यादव  निर्वाचित भएका छन्। 
यता सुन्तला  सदनमा सक्षम आचार्य र सदन क्याप्टेन र  ज्यासमीन दोङ सह-क्याप्टेनमा विजयी भएकी छन्।पहेँलो सदनमा कुजा तितुङ सदन क्याप्टेनमा  र रचना लामा सह-क्याप्टेनमा  विजयी भएकी छिन्।
त्यसैगरी प्याजी सदनमा  क्याप्टेनमा सृष्टी राना मगर र अमर मोक्तान सह - क्याप्टेनमा  निर्वाचित भएका छन्।

यता रातो सदनको क्याप्टेनको नेतृत्व उज्जवल पटेलले गरेको छन्। त्यसैगरी  रातो सदनको सह-क्याप्टेनमा उत्सव न्यौपाने विजयी भएका छन्।

आम निर्वाचनकै झल्को दिने गरी प्रदेश निर्वाचन आयोग बागमती प्रदेश हेटौंडाले मतपेटिका, छेकाबार, लगायतको सामग्री सहयोग गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तथा सहायक मतदान अधिकृत टिका प्रसाद दाहालले बताएका छन्।

कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई मताधिकार र ६ देखि कक्षा १० सम्मका विद्यार्थी मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको थियो ।  कक्षा ६ देखि कक्षा १० सम्मका अङ्ग्रेजी र नेपाली माध्यममा अध्ययनरत ५ सय बढी  विद्यार्थीले  मतदान गरेको विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडाले बताएका छन्। विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्ण मुख्य निर्वाचन अधिकृत रहेको निर्वाचनमा सदनगत मतदान गरिएको थियो । मतदाता प्रकृयाका लागि विद्यालयले अघिल्लो साता कार्य तालिका सार्वजनिक गरिएको सहायक प्रअ तथा सहायक मतदान अधिकृत खेमराज लामिछानेले जानकारी दिएका छन्।सदन संयाेजक तथा सदस्यलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको थियो भने स्काउटका सदस्यलाई म्यादी प्रहरीको जिम्मेवारी दिइएको थियो हेटौंडा २ का वडाध्यक्ष विष्णु गोपाल महर्जन, जनप्रतिनिधि, पत्रकार, मताहतका कार्यालय प्रमुख र अभिभावक र विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीलाई पर्यवेक्षक बनाइएको थियो। विजयी उम्मेदवारको प्रमाणपत्र वितरण र सपथ ग्रहण आइतबार गरिने सहायक मतदान अधिकृत टिका प्रसाद दाहालले जानकारी दिएका छन्। गत वर्ष पनि विद्यालयले निर्वाचन प्रक्रियाबाट विद्यालय क्याप्टेन, सह-क्याप्टेन र सदन क्याप्टेन र सह-क्याप्टेनको नेतृत्व चयन गरेको थियो। 

Screenshot_20250620_17544-1750421635.jpg
FB_IMG_1750422217414-1750422251.jpg
FB_IMG_1750422227429-1750422252.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg