८ असार, हेटौंडा । एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभल मैदानमा आज सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो ।
टस जितेर सुरुमा ब्याटिङ रोजेको सिंगापुरले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । नेपालको जितका लागि ९७ बल सामना गरेका ओपनर ब्याटर प्रसिद्ध जैशीले ५ चौकासहित अविजित सर्वाधिक ५५ रनको योगदान दिए ।
त्यस्तै रौनक श्रीवास्तवले ४० रनको योग्दान दिँदा शुभम खनाल ९ रनमा अविजित रहे । सिंगापुरका लागि बलिङमा आकाश तेजाले सर्वाधिक ३ विकेट लिए भने युभान पाण्डेले १ विकेट लिए । ३६.१ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको सिंगापुरका लागि कप्तान रियान नैकले ५३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै ओपनरद्वय रोहन अरुण र आहान वुथानदमले क्रमशः ११ र ३८ रन बनाए ।
त्यसबाहेक प्रनाथ इशान मिदुरीले १२ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यता नेपालका लागि १० ओभर बलिङ गरेका कप्तान विपिनप्रसाद शर्माले १ मेडनसहित ३४ रन खर्चिएर सर्वाधिक ४ विकेट झारे ।
त्यस्तै सचिन भट्टले ३, शुभम खनाल र अभय यादवले समान १–१ विकेट हात पारे । नेपालसहित १० वटा टोली सहभागी १६ वर्षमुनिको जारि इस्ट जोन कपको समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । नेपालले प्रतियोगिताको दोस्रो खेल मंगलबार जापानसँग खेल्नेछ ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















