१८ फागुन,हेटौँडा । हेटौँडामा जारी सुशिल कोइराला स्मृति फरेष्ट्रि ईन्टर टेक्निकल गोल्डकप फुटबल प्रतियोगतामा एएफयु रामपुर विजयी भएको छ । शुक्रबार भएको प्रतियोगितामा आयोजक फरेष्ट्री निलोलाई ट्राइबेकरमा ४–२ ले हराउँदै रामपुर विजयी भएको हो । प्रतियोगिताको पहिलो हाफमा रामपुरको तर्फबाट सुदिप सुवेदी र मिनथापा मगरले १/ १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा फरेष्ट्र निलोको तर्फबाट सुपेन लामा र लबज डाीले गोल गर्दै खेललाई बराबरी गरे । निर्धारित समयमा खेल बराबरी भएपछि ट्राइबेकरमा रामपुरले ४–२ ले बिजयी भएको हो । प्रतियोगितामा फरेष्ट्रीका दिपक खड्का म्यान अफ द म्याच घोषित भए । शुक्रबार नै भएको अर्को खेलमा पोखरा युनिभर्सिटी विजयी भएको छ । इलामको हर्टिकल्चरलाई ३–० गोल अन्तरले हराउँदै पोखरा युनिभर्सिटी विजयी भएको कार्यक्रम संयोजक मनोज बुर्लाकोटीले जानकारी दिए । युनिभर्सिटीको लागि असीम रञ्जीत, अनुप लामिछाने र प्रिन्स तुलाचनले गोल गरेका थिए । उक्त प्रतियोगिताको म्यान अफ द म्याच युनिभर्सिटीका आशिष केसी घोषित भए । प्रतियोगितामा शनिबार पथलैयाँ क्याम्पस विरुद्ध पोखरा युनिभर्सिटी ‘बी’ बीच खेल हुने बुर्लाकोटीले जानकारी दिए । नेपाल बिद्यार्थी संघ कृषि तथा वनविज्ञान विश्वविधालय वन संकाय हेटौडाले आयोजना गरेको गोल्डकपमा विभिन्न ९ क्याम्पसका टिमले सहभागिता जनाएका छन् । खेलको बिजेताले नगद १ लाख र उपबिजेताले ५० हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।र उपबिजेताले ५० हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















