Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

हेटौंडाको चियापसलमा लागुऔषध कारोबार:संचालक सहित ३ पक्राउ

FB_IMG_1752842272726-1752850164.jpg

२ साउन,हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा २ स्थित एक चियापसलबाट लागुऔषध सहित  पसल संचालक र  अन्य दुईजना कारोबारलाई पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखरा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको प्रहरीले टोलीले हेटौंडा २ पुरानो मकवानपुर रोड नजिक एक चिया पसलमा लागुऔषधको डिल र किनबेच भइरहेको गोप्य सूचनाको आधारमा लागूऔषध ट्रमाडोलसहित तीन जना पक्राउ गरेको हो।
प्रहरीले १८८ क्याप्सुल ट्रमाडोल र ५० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका घर भई हाल सो स्थानमा चिया पसल गर्दै आएकी ४२ वर्षीया सरस्वती मुक्तान, सोही स्थानमा बस्दै आएका १९ वर्षीय रोजन मुक्तान र भारत मोतीहारी घर भई हाल नेपालमा रहेका २३ वर्षीय सुल्तान खान रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्।

प्रहरीले उनीहरूको शरीर तथा पसलको तलासी गर्दा लागूऔषध लुकाईछिपाई राखिएको अवस्थामा फेला पारेको थियो। पक्राउ परेका तीनै जनालाई लागूऔषध सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको  मकवानपुर प्रहरीले  जनाएको छ । त्यसैगरी प्रहरीले हेटौंडा २ मनकामनापथ स्थित डेरा गरि बस्ने  अन्दाजी २१ वर्षीय अंकित दोङलाई लागुऔषध सहित पक्राउ गरेको छ।  निजले लुकाई छिपाई गरी राखिएको अवस्थामा १११ ट्याब्लेट लागूऔषध नाईट्राभेट र  ५३१ क्याप्सुल ट्रामाडोल सहित नियन्त्रण लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg