Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मकवानपुरका सिडिओ र एसपीविरुद्ध कालो व्यानर टाँगेर हेटौंडाका जनप्रतिनिधिको विरोध

Screenshot_20250720_12141-1752993171.jpg

जिप्रका परिसरमै कालो व्यानर टागेर हेटौंडाका जनप्रतिनिधिको विरोध

४ साउन, हेटौंडा । हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू मकवानपुर जिल्ला प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का विरुद्ध आन्दोलित बनेका छन्।

गत असार ४ गते कार्यालयमै काम गरिरहेको समयमा हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने माथि भएको हातपात र आक्रमण भएको घटनामा संलग्नलाई पक्राउ नगरिनु र घटनामा उदासिनता देखाएको भन्दै हेटौंडाका जनप्रतिनिधि प्रजिअ र एसपी विरुद्ध आन्दोलीत बनेका हुन्। 
हेटौंडाका उपमेयर राजेश बानियाँको नेतृत्वमा आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको गोलघरमा  साङ्केतिक कार्यालय नै खडा गरेर  सुरक्षा प्रमुख विरुद्ध कालो व्यानरनै टाँगेर प्रदर्शन गरेका हुन् ।मध्य बजार क्षेत्रमा दिउँसै व्यवसायी कुटिँनु, वडाध्यक्ष माथि हातपात हुनु, दिउँसै नगरका घरमा चोरीका घटना बढ्दा समेत प्रहरी प्रशासनले प्रभावकारी कार्य गर्न नगरेकोले वाध्य भएर विरोधमा उत्रनुपरेको उपमेयर बानियाँले बताएका छन् ।

"म हेटौंडा नगरको न्यायिक समितिको संयोजक,जनप्रतिनिधी कुटिदा प्रशासन उदासिन रहन्छ, जनताको प्रतिनिधि आज न्याय माग्न यसरी विरोधमा उत्रनु पर्यो, यो विडम्बना हो, न्याय नपाउँदा विरोध गरिएको हो यो मेरो मात्र होइन जनतको अपेक्षा पनि हो"। - उपमेयर बानियाँले भने। 

यता मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्काले घटनाका दोषी कोही पनि उम्किन नसक्ने, संलग्नलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको पक्राउ परेका एकजना हाजिर जवानीमा रहेको, अन्यको खोजी कार्य जारी रहेकोले छिट्टै पक्राउ गर्ने दावी गरेका छन्। पछिल्ला केही महिनादेखी मकवानपुरका सिडिओ स्किम श्रेष्ठ र  र मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्का नेतृत्वको सुरक्षा कमाण्डले जिल्ला र बागमती प्रदेशको राजधानी हेटौंडाको सुरक्षा व्यवस्थापनको सवालमा चुकेको आरोप खेप्दै आएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg