Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कसरी हल होला कांग्रेस बागमतीमा संसदीय दलको नेताविरुद्धको प्रस्ताव ?

Screenshot_20250727_21254-1753631643.jpg

प्रष्टखबर ब्युरो 

११ साउन, हेटौंडा ।  बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। यो अविश्वासको प्रस्ताव सरकार ढाल्न नभई संसदीय दलको नेता परिवर्तन गर्नका लागि मात्र हो।
यतिबेला कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य बहादुरसिंह लामाले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेका छन्। 
प्रदेशको माननीय भएसंगै २०७९ पुस १३ गते लामा कांग्रेसको बागमती प्रदेशसभा संसदीय दलको नेतामा निर्वाचित भएका थिए। उनले संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँलाई हराउँदै संसदीय दलको नेतामा निर्वाचित भएका थिए र मूख्यमन्त्री पनि बनेका थिए । कांग्रेसका २१ सांसदले लामालाई संसदीय दलको नेता बनाउन मत दिँदै जिताएका थिए। त्यसको साढे दुई वर्ष नबित्दै लामाले दलको नेतृत्व गर्न नसकेको बजेटमा एकलौटी गरेको भन्दै अहिले २१ सांसदले नै गत शुक्रबार संसदीय दलको नेता परिवर्तनका लागि उनी विरुद्ध संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।

पहिले संसदीय दलमा १६ मत मात्र पाएका बानियाँलाई अहिले संसदीय दलको नेता चयन गरियोस भन्दै प्रस्ताव दर्ता गरिएको छ।
लामाविरुद्ध दलको नेता परिवर्तन गर्न अविश्वासको प्रस्ताव दर्ताको  विषयमा कांग्रेस केन्द्रमा समेत चर्चा चुलिएपछि कांग्रेसले यस विषयलाई किराना लगाउन केन्द्रीय प्रतिनिधि तोकेको छ।

प्रतिनिधिसभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीलाई पर्यवेक्षकको रूपमा यस मुद्दाको छिनोफानो गर्न प्रतिनिधि तोकेर पठाएको छ । केसी यस मुद्दालाई टुङ्गोमा पुर्‍याउन र केन्द्रको निर्देशन पुरा गर्न आइतबार साँझ हेटौंडा आइपुगेका छन् ।
हेटौंडा आइपुगेका केसीले सोमबार दिउँसो  १ बजे बस्ने प्रदेश संसदीय दलको बैठकबाट हालको विवाद सुल्झाइने बताएका छन् । केसीका अनुसार दुई चरणमा र  संसदीय प्रक्रियामार्फत्  समस्या समाधान गर्ने  बताएका छन्।
"पहिलो चरणमा अविश्वासको प्रस्ताबको पक्ष र विपक्षमा मत जाहेर हुनेछ, उक्त प्रस्ताब पारित भएपछि मात्र अविश्वासको प्रस्ताव स्वीकृत हुने र दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बढ्नेछ" -केसीले भने।
 त्यसैगरी दोस्रो चरणमा दलको नेता दाबी गर्नेहरुबीच गोप्य मतदान हुनेछ, जसले  संख्याको बहुमत प्राप्त गर्नेछ, उही संसदीय दलको नेता चयन हुने उनले बताएका छन्।
"कांग्रेसको संसदीय दलको नेता चयनको अभ्यास प्रदेश र संघ पनि उस्तै हो। संसदीय दलका नेतामा निर्वाचित जो हुन्छ उसैले मुख्यमन्त्रीको अवसर पाउँदा नेतृत्व गर्छ"-केसीले भने। उनले दलको नेता चयनका लागि निर्वाचनको मिति भने अनुकूल र आवश्यक परामर्श गरि तोकिने स्पष्ट पारेका छन्। 
३७ सांसद रहेको यस प्रदेशका २१ जनाले शुक्रबार प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई दलको नेता बनाउनुपर्ने भन्दै लामाविरुद्ध हस्ताक्षर गरेर संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गराएका छन्। लामा नेतृत्व सरकारमा रहेको आफ्नै पार्टीका ४ मन्त्रीले राजीनामा समेत दिइसकेका छन्। राजिनामा दिएका मन्त्रीको राजिनामा स्वीकृति नगरी मुख्यमन्त्री लामाले मन्त्रीलाई बर्खास्त गरिदिएका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg