१७ साउन, हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट पराजित भएपछि सरकार छाड्न आनाकानी गरिरहेका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार राजिनामा दिने भएका छन।
लामाले राखेको सर्तमा छलफल पछि संसदीय दलको नेतामा निर्वाचित इन्द्र बहादुर बानियाँले समर्थन जनाएपछि उनले आइतबार राजिनामा दिने लगभग निश्चित भएको हो।
बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग वान टू वान वार्तामा देउवाले राजिनामा दिएर मार्ग प्रशस्त गर्न लामालाई निर्देशन दिएका थिए।
शुक्रबार र शनिबार आफु निकट सांसदसँगको छलफल पछि लामाले सभापति देउवा र बानियाँसँग सर्त राखेका थिए।
देउवाको उपस्थितिमा बुढानीलकण्ठमा भएको छलफलमा लामाले साउन १४ गते मन्त्री नियुक्त गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिने सर्त राखेका थिए। मुख्यमन्त्री बन्दै गरेका बानियाँले उनको सर्तमा समर्थन जनाएपछि उनको राजीनामा लगभग निश्चित भएको हो। बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्पतालमा भर्ना भएकोले आइतबार हेटौंडा आएर राजीनामा दिने उनी निकट सासंद तिर्थ लामाले जानकारी दिएका छन्।
"शनिबारनै हेटौंडा गएर राजिनामा दिने तयारी रहेकोमा प्रदेश प्रमुख देवकोटा अस्वस्थ भएर उपचारार्थ रहनुभएकोले सम्भवतः भोली हेटौंडा पुगेर पत्रकार सम्मेलन गरेर राजिनामा दिनुहुन्छ" - लामाले भने।
गत बुधबार संसदीय दलको नेतामा पराजित भएपछि राजिनामा नदिने प्रतिक्रिया दिएका थिए। मुख्यमन्त्री लामाको राजीनामासँगै बागमती प्रदेश सरकार ढल्नेछ भने प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि मुख्यमन्त्रीको दावी पेश गर्न आव्हान गर्नेछन्। कांग्रेस - एमालेको गठबन्धन रहेको अवस्थामा भर्खरै कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका इन्द्र बहादुर बानियाँ सम्भवतः मुख्यमन्त्री बन्नेछन्।
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...






-1779500375.jpg)









-1761227295-1778632336.jpg)

