Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप छनोटको पहिलो खेलमा नेपाल पराजित

Nepal-Cricket-1520178983.jpg

File Photo

२० फागुन, काठमाडौं । विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपाल आयोजक जिम्बावेसँग पराजित भएको छ। आइतबार जिम्बावेको बुलवायो मैदानमा भएको खेलमा नेपालले ३८१ रनको कठिन चुनौती पाएको थियो। टेस्ट खेल्ने राष्ट्र जिम्बावेले दिएको उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभर पूरै खेलेर २६४ रन मात्र बनायो। नेपाल ११६ रनले पराजित भएको हो। सुधारिएको ब्याटिङ गरेको नेपालको बलिङ भने अपेक्षा अनुसार भएन। नेपालका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाए। शरद भेषवाकरले ५२ रन बनाउँदा अर्का ब्याट्सम्यान आरिफ शेखले ५० रन जोडे। शरदले ६० बल खेलेर ६ चौका र एक छक्का प्रहार गरेका थिए। त्यस्तै कप्तान पारस खड्का ४० रनमा आउट भए। उपकप्तान ज्ञानेन्द्र मल्ल ३२, रोहितकुमार पौडेल ३० र दिपेन्द्रसिंह ऐरीले २३ रन बनाए। जिम्बावेका लागि सिकन्दर राजाले महत्वपूर्ण ३ विकेट लिए। ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका राजा नेपालका लागि बलिङमा पनि विजयको बाधक बने। त्यस्तै, विरन भिटोरीले २ विकेट लिएका थिए। चतारा, जर्भिस र क्रेमेरले १-१ विकेट लिए। टस जितेर ब्याटिङ रोजेको जिम्बावेका लागि दुई ब्याट्सम्यानले शतक प्रहार गरे। उसका सिकन्दर राजाले १२३ र ब्रेन्डन टेलरले १०० रन बनाए। यी दुवैलाई सोमपाल कामीले लगातार आउट गरेका थिए। त्यस्तै, सोलोमन मिरेले ५२ रन प्रहार गरे। नेपालका लागि सोमपाल र वसन्त रेग्मीले समान २-२, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा १-१ विकेट रह्यो। चलेन नेपालको बलिङ नेपालको जिम्बावेविरुद्ध केही सुधारिएको ब्याटिङ देख्न पाइयो। नेपालले टेस्ट खेल्न राष्ट्र र समूह बीको शीर्ष टीम जिम्बाविविरुद्ध २६४ रन बनायो। तर, नेपालको बलिङ पक्ष भने जिम्बावेका ब्याट्सम्यानसामु टिक्न सकेन। नेपालका सोमपाल कामीले ८ ओभर खेलेर ८२ रन खर्चिए। कप्तान पारस खड्काले ५ ओभर खेलेर ५७ रन खर्चिए। सन्दीप लामिछानेले १० ओभरमा ६७ रन दिएर १ विकेट लिए। त्यस्तै वसन्त रेग्मीले पनि १० ओभर फाल्दा ६९ रन खर्चिए। धारिलो मानिएको नेपालको बलिङ आज भने आशातित नतिजा दिन सकेन र जिम्बावेले ३८० रन जोड्यो। उसका दुई खेलाडिले शतक प्रहार गरे। साभार : थाहा खबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार