Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

बागमतीमा मूख्यमन्त्रीको सपथ आजै,कांग्रेसका२,एमालेका ६ मन्त्री बन्दै

Screenshot_20250331_09510-1754364410.jpg

प्रष्टखबर ब्युरो 
२० साउन,हेटौंडा। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि गरेको आव्हान मंगलबार दिउँसो २ बजे सक्किदै छ। दुई वा दुईभन्दा बढी दलको समर्थनमा दावी पेस गर्न गरिएको आव्हान लगत्तै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सोमबारनै एमालेको समर्थनमा मुख्यमन्त्रीको दावी पेस गरिसकेका छन्।
समयावधि सक्किए लगतै प्रदेश प्रमुखले बानियाँलाई मुख्यमन्त्री नियुक्त गर्नेछन्। बानियाँ नेतृत्वको बागमती प्रदेश सरकारमा काग्रेसबाट दुई जना र  नेकपा एमालेबाट ६ जनालाईनै आजै मन्त्री नियुक्त गरिने प्रष्टखबरलाई स्रोतले बताएको छ। बानियाँको मन्त्रीमण्डलमा  कांग्रेसबाट प्रभात तामाङ र शिवराज अधिकारी मन्त्री नियुक्त हुने प्रवल संम्भावना रहेको स्रोतले जनाएको छ। यता एमालेबाट एक जना बहादुर सिंह लामा नेतृत्व सरकारकै मन्त्री दोहोरिने र बाँकि ५ जना नयाँ अनुहार मन्त्री बन्नेछन्।एमालेले संसदीय दलको प्रमुख सचेतक मधुसूदन पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउँदै छ। एमाले स्रोतले दिएको जानकारी अनुसार किरण थापा मगर – स्वास्थ्य मन्त्री (पुनः नियुक्त), जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसी – वन तथा वातावरण मन्त्री, मधुसुधन पौडेल – कृषि तथा पशुपन्छी विकास मन्त्री, डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्री, बिन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री नियुक्त हुने जनाइएको छ।  दिउँसोसम्म कुनै फेरबदल नभए वहाँहरुनै मन्त्री हुनुहुनेछ एमाले स्रोतले स्पष्ट पारेको छ। नियुक्त भएसँगै अपरान्ह ४ बजेपछि प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री सहित मन्त्रीहरुको सपथग्रहण कार्यक्रम रहेको बुझिएको छ। बागमती प्रदेशमा कांग्रेस र एमालेको गठबन्धन रहेको अवस्थामा गठबन्धनका ६४ सांसदको बानियाँलाई समर्थन रहनेछ। मंगलबार साँझै सपथग्रहणको लागि प्रदेश प्रमुखको कार्यालय परिसरमा धमाधम तयारी भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg