Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

हेटौंडा ८मा युवकको ब्ल्याकमेलबाट पिडित महिलाको मृत्यु

For-representation-only-1754655736.jpg

प्रष्टखबर ब्युरो 

२४ साउन, हेटौंडा। हेटौंडा ८ मा एक युवकको ब्याकमेलको सिकार भइ आत्महत्याको प्रयास गरेकी एक युवतीको उपचारको क्रममा मृत्यु भएको छ।
केही दिनअघि हेटौंडा ८ कमानेमा छिमेकीकै एक पुरुषले पैसाका लागि ब्ल्याकमेल गरेपछि हेटौंडा-८ कमानेकी ३८ वर्षीया एक महिलाले साउन ९ गते आत्महत्या प्रयास गरेकी थिइन्।
हेटौंडा-८ का ४४ वर्षीय सुरज कार्कीले सामाजिक सञ्जालमार्फत परपुरुषसँगको अनैतिक सम्बन्धबारे आफूलाई जानकारी रहेको र पैसा नदिए अनैतिक सम्बन्धका बारेमा सार्वजनिक गर्ने चेतावनी दिएपछि  महिलाले घरमै विष सेवन गरी आत्महत्याको प्रयास गरेको निजको परिवारले दावि गरेको छ ।विष सेवन गरेको ३ दिनपछि ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हेटौंडामा उपचार सम्भव नभएपछि भरतपुर लगिएको थियो।भरतपुरबाट घरमा ल्याइएपनि स्वास्थ्यमा समस्या आएपछि हेटौंडा ११ चुरेहिल अस्पतालमा उपचारको लागि लगिएकोमा उनको उपचारको क्रममा बुधबार मृत्यु भएको जनाइएको छ।
यता परिवारका सदस्यले जानकारी दिए अनुसार गत १४ गते  बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्कीविरुद्ध आत्महत्या दुरुत्साहन, साइबर अपराध सम्बन्धी मुद्दा दर्ता गरिएको छ । मुद्दा दायर हुदा समेत प्रहरीले कुनै सुनुवाइ नगरेको परिवारजनले आरोप लगाएको छ। कार्की हाल फरार रहेका छन्।  फरार कार्की विरुद्ध ३ वटा  मुद्दा परेको र  खोजी कार्य जारी रहेको र प्रहरी उनको खोजीमा लागिरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन्।

यता मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले प्रष्टखबरसंग कुरा गर्दै भने घटनाको जानकारी प्रहरीले पाएलगत्तै परिवारका सदस्य, फरार व्यक्तिका आफन्तसंग सोधपुछ भइरहेको र छिट्टै फारर व्यक्तिलाई पक्राउ गर्ने बताएका छन्। 

"घटना दुःखद हो,घटनाको फरक फरक एङ्गलबाट अनुसन्धान जारी छ, म आफै लागिपरेको छु, ढिलो चाँडो पिडितलाई न्याय दिन्छौ-"एसपी खड्काले भने। यता जाहेरी परेका व्यक्तिको पक्राउ र उचित न्यायको प्रत्याभूति नभएसम्म शव नबुझने परिवारका सदस्यले जानकारी दिएका छन्। मृतकको शव अस्पतालमै रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg