प्रष्टखबर ब्युरो
२७ साउन, हेटौंडा। साउन २० गते बागमती प्रदेशका छैठौं मुख्यमन्त्री नियुक्त भएका इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन्। अपरान्ह ४ बजेका लागि बोलाइएको बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकारको नेतृत्व गरेका बानियाँले आज नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् । कांग्रेसका ३७ र एमालेको २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीको बनेका बानियाँले २७ गते विश्वासको मत लिन सभाको सचिवालयमा सूची दर्ता गराएका थिए। संविधानको धारा १६८ को उपधारा (२) अनुसार गठित सरकारका मुख्यमन्त्रीले १ महिना भित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ।
कांग्रेसका असन्तुष्ट १४ सासंदले बानियाँलाई मत दिने
विश्वासको मत लिने समय नजिकिदा असन्तुष्ट बनेका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा निकट १४ सासंदले आफ्ना माग सम्बोधन नभए राजिनामा दिने बताइरहदा अन्ततः बानियाँलाई मत दिन तयार भएको स्रोतले बताएको छ।
१४ सांसदको असन्तुष्टि पार्टी सभापति शेरबहादुर देउवा निवास सम्म पुगेपछि, बानियाँ र लामालाई राखेर मिलाएर जान र बानियाँलाई विश्वासको मत दिन निर्देशन दिएका थिए। लामा निकट सांसदको पहिलो मुद्दा ३ जना सासंदलाई मन्त्री नियुक्त गर्नुपर्ने रहेको थियो। विश्वासको मत दिएपछि माग सम्बोधन हुनेछ र सभापति ज्यूले पनि विश्वसको मत दिनु भन्नुभएकोले सुनिएको विवाद समाधान भएको र वहाँहरुले पनि दलका नेताको पक्षमा मतदान गर्ने बानियाँ निकट एक सांसदले बताएका छन्। यता लामा निकट सासंदले हामी मत दिन्नौ भनेर लामालाई चेतावनी दिइरहेको बुझिएको छ। कांग्रेस संसदीय दलको बैठकले पनि दलका नेता बानियाँलाई विश्वासको मत दिन, तटस्थ नबस्न र बैठकमा अनिवार्य उपस्थिति हुन थ्रि लाइन ह्विप जारी गरिसकेको छ। कांग्रेसको ह्विपसंगै एमालेले पनि बानियाँको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...






-1779500375.jpg)









-1761227295-1778632336.jpg)

