Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मेयर कप फुटबलः ८ र १६ नम्बर वडा विजयी

images(2)-1520347058.jpg

२२ फागुन,हेटौडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ स्थित लोकतान्त्रिक खेलकुद मैदान (हुप्रचौर) मा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा ८ र १६ नम्बर वडा विजयी भएका छन् । मंगलबारको पहिलो खेलमा ८ नम्बर वडाले १७ नम्बर वडालाई ४–२ गोल अन्तरले हराएको हो । वडा नम्बर ८ को जितको लागी अस्मिर वाईबाले ३ र २७ औँ मिनेटमा दुई तथा सुमन थापाले ४९ र ५६ औं मिनेटमा २ गोल गरे । यसैगरी १७ नम्बर वडाको लागी अर्जुन राईले ४० र महेश गोङ्बाले ६१ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ दी म्याच ८ नम्बर वडाका अस्मिर वाईबा भए उनले भ्वाइस अफ यूथ चौकीटोलको तर्फबाट नगद १ हजारसहित प्रमाणपत्र प्राप्त गरे । यस्तै मंगलबारनै भएको दोश्रो खेलमा १६ नम्बर वडा विजयी भयो । १६ नम्बर वडा र १३ नम्बर विच भएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरको माध्यमबाट खेलको निर्णय लिइएका हो । टाइब्रेकरमा ४–३ गोल अन्तरले १६ नम्बर वडा विजयी भयो । १६ नम्बरका गगन शिलवाल, विश्वास सापकोटा, किरण चौलागाइँ र अजय सापकोटाको प्रहार गोल भएको थियो भने सुमन श्रेष्ठको प्रहार पोष्टमा लागेर फर्किएको थियो । यता पदमपोखरीको तर्फबाट रबि थिङ, विशाल थिङ र कमल गौतमको प्रहार मात्र गोल भयो । श्रीलाल स्याङ्तानको प्रहार आकाशिँदा नरेन्द्र गोलेको प्रहार १६ नम्बर वडाका गोलरक्षकले रोकेका थिए । खेलको म्यान अफ दी म्याच १६ नम्बरका डिफेण्डर गगन शिलवाल भए उनले भ्वाइस अफ यूथ चौकीटोलको तर्फबाट नगद १ हजारसहित प्रमाणपत्र प्राप्त गरे । जारी प्रतियोगितामा भोली बुधबार २ नम्बर वडा र ४ नम्बर वडाको बीचमा पहिलो खेल हुनेछ भने दोस्रो खेल १० नम्बर वडा र ३ नम्बर वडाको बीचमा हुने आयोजकले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार