२ भदौ, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको गरिवी निवारण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी भवन उद्घाटन भएको छ । बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मूख्यमन्त्री बानियाँले सहकारी संस्थाको स्थापनाले समुदायमा रहेको पुँजी परिचालनमार्फत गरिबी निवारणमा टेवा पुगेको बताए । उनले पछिल्लो समय केही सहकारीका कारण यस क्षेत्रबारे नकारात्मक धारणा पैदा भएपनि समग्रमा सहकारी संस्थाले आर्थिक एवं सामाजिक रूपान्तरणमा मद्दत गरेको बताए । उनले बागमती प्रदेश सरकार सहकारी क्षेत्रको प्रवर्द्धनका लागि सधैं सकारात्मक रहेको स्पष्ट पारे ।
सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको सभाध्यक्षतामा भएको २५ औं साधारणसभा, स्थापना दिवस, रजत जयन्ती, स्मारिका विमोचन एवं भवन उद्घाटन कार्यक्रममा मूख्यमन्त्री बानियाँले संस्थाले प्रकाशन गरेको स्मारिका विमोचन गरेका थिए ।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने हेटौंडा ६ नम्बर वडा कार्यालय, संस्थाका संस्थापक अध्यक्ष शिवप्रसाद खनाल, प्रस्तावक अध्यक्ष रामकृष्ण तिवारी, पूर्व अध्यक्ष श्रीराम खतिवडा, निवर्तमान अध्यक्ष पुष्पराज पराजुली, संस्थापक शेयर सदस्यहरू, ज्येष्ठ सदस्यहरू गोपालप्रसाद दुलाल, धनप्रसाद पुडासैनी, कुलप्रसाद दुलाल, चन्द्रप्रसाद खतिवडा, सानीकान्छी भुजेल, असली ऋणी, बचतकर्ता लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, संस्थापक अध्यक्ष शिवप्रसाद खनाल, प्रस्तावक अध्यक्ष रामकृष्ण तिवारी, पूर्व अध्यक्ष श्रीराम खतिवडा, आधुनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा, संस्थाका उपाध्यक्ष रिपुप्रसाद गौतम, कृष्णप्रसाद दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाबाट आव २०८२/०८३ प्रस्तावित नीति तथा कार्यक्रम, सचिव शरदकुमार श्रेष्ठबाट बार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक शिवप्रसाद गौतमबाट लेखा प्रतिवेदन प्रस्तुत भएको थियो ।
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...






-1779500375.jpg)









-1761227295-1778632336.jpg)

