Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मुख्यमन्त्रीको निर्देशन 'नो हेलमेट नो फ्यूल'

1756289824207-1756294250.jpg

११ भदौ, हेटौंडा । तपाईको मोटरसाइकल र स्कुटरमा इन्धन सक्कियो, इन्धन भर्न जाँदा हेलमेट नलगाई जाने बानी छ भने तपाईले इन्धन हाल्न बाट बञ्चित हुन सक्नुहुनेछ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले' नो हेलमेट नो इन्धन' अभियानका लागि निर्देशन दिएसंगै तपाईले अब बागमती प्रदेशका पेट्रोल पम्पमा बिने हेलमेट दुई पाङ्ग्रे सवारीमा इन्धन भर्नबाट बञ्चित हुनसक्नुहुनेछ ।
बुधबार मुख्यमन्त्री कार्यालयमा  मुख्यमन्त्री  बानियाँले सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि सरोकारवाला निकायलाई यो अभियान संचालनका लागि  निर्देशन दिएका छन्।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशका सुरक्षा निकायका प्रमुख, नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनका प्रतिनिधिसंगको  बैठकमा उनले सवारी दुर्घटना नियन्त्रणका लागि सबै निकायलाई समन्वयात्मक तरिकाले परिचालित भई प्रभावकारी रुपमा काम गर्न आग्रह गरेका थिए । मुख्यमन्त्री बानियाँले सवारी चालकमा मादक पदार्थ सेवन र लागू पदार्थ सेवन परीक्षणलाई नियमित गर्ने, हेल्मेटको अनिवार्यता कडाइका साथ पालना गर्ने र ‘इन्धनको लागि हेल्मेट अनिवार्य’ अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा जोड दिएका थिए ।
बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव भुपाल बराल, श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव बिरेन्द्रकुमार भारती, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, सशस्त्र प्रहरीका नायब महानिरीक्षक अन्जनीकुमार पोखरेल, पेट्रोलियम डिलर्स एसोसियसन बागमती प्रदेशका अध्यक्ष शुदर्शन कार्की, प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मकवानपुरका प्रहरी निरीक्षक गायत्रीराज शर्मा र बच्चुराम फूयाल लगायत उपस्थिति थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg