Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

सुदूरपश्चिममा गौरा पर्व मनाइँदै

Gaura_parba1689681931-1756604969.jpg

फाइल तस्विर

१५ भदौ, हेटौँडा । गौरा पर्व सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाउने पर्व हो । भगवान् शिव–पार्वतीको पूजा गरेर मनाइने गौरा पर्व भाद्र शुक्लपञ्चमीबाट शुरु भएको छ । यो पर्वको पहिलो दिन बिरुडा भिजाउने कार्य गरिन्छ । यो दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भन्ने गरिन्छ ।
गौरा पर्वको प्रसाद मानिएको बिरुडाका लागि पाँच प्रकारका गेडागुडी प्रयोग गरिन्छ । बिरुडाका लागि खास गरेर गहत, चना, केराउ, मटर र गुराँस प्रयोग गरिन्छ । विधिवत् कर्मकाण्ड विधि र फाग, माङ्गल गाउँदै बिरुडालाई पवित्र तामपत्र वा पित्तलको भाडामा मिलाइन्छ । त्यसपछि माङ्गलिक पूजाआजाका साथ व्रतालु महिलाले बिरुडा भिजाउने गर्दछन् ।
अष्टमीसम्म मनाइने गौरा पर्वको दोस्रो दिन बिरुडालाई धुने र सप्तमीका दिन व्रतालु महिला खेतमा गएर धान, बलु, कुस, दुबो र साउँ गरी पाँच प्रकारका बिरुवालाई गौराका रूपमा भित्र्याउने र पूजा गर्ने चलन रहेको छ । यस दिन गौरालाई डालोमा राखेर गीत गाउँदै नचाउने पनि गरिन्छ । गौराको महत्वपूर्ण दिन अष्टमी हो । यस दिनलाई गौराष्टमी, दुर्वाष्टमी वा अटवाली पनि भन्ने गरिन्छ । लौकिक मान्यतानुसार गौराकी सौताका रूपमा ‘सन्ज्या’ लाई ल्याएर ‘दुर्वा’ अर्थात् दुबोको पूजा हुने गरेकाले दुर्वाष्टमी भन्ने गरेको उपकुलपति जोशीको भनाइ छ ।
गौरा मनाउने क्षेत्रमा दुर्वाष्टमीको विशेष महत्व छ । यो दिन तागाधारी नारीले पवित्र धागोबाट निर्माण गरिएको दुबोधागोलाई विधिपूर्वक अभिमन्त्रित गरी धारण गर्ने चलन रहेको छ । अष्टमी अर्थात् गौरा समापनको दिन व्रतालु महिलाले घरपरिवारलाई प्रसादका रूपमा बिरुडा बाँड्ने र ग्रहण गर्ने चलन रहेको छ । गौरा पर्व महिलाले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान हो ।  
धार्मिक कथन अनुसार पार्वतीले महादेवलाई पति पाउँ भनेर अनुष्ठान गरेको हुनाले गौरा पर्व मनाउने चलन सुरु भएको हो । पौराणिक कालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी बालुवाको शिवलिङ्ग बनाएर १२ वर्षसम्म कष्टसाध्य तपस्या गरेको किंवदन्ती छ । लामो तपस्यापश्चात् वरदान पाएर पार्वतीले महादेव अर्थात् शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यता अनुसार गौरा पर्व मनाइँदै आएको जोशीले उल्लेख गर्नुभयो । शिव र पार्वतीको पूजाआराधना एवं व्रत अनुष्ठानबाट सुस्वास्थ्य, शौभाग्य र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । 
गौरा पर्व समापनसँगै फागु, चैत, धुमारी, चाँचरी जस्ता लोकगीत गाउँदै डेउडा खेल्ने र रमाउने चलन छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार