२४ फागुन, हेटौँडा । पश्चिमी क्षेत्रका काँग्रेस नेता स्वर्गीय माणिकलाल मोक्तानको स्मृतिमा आयोजित दोश्रो क्षेत्रीय नकआउट फुटबल प्रतियोगिताको उपाधि एफसी लोथर मनहरी गाउँपालिका ६ ले जितेको छ । मकवानपुरको पश्चिमी क्षेत्र राक्सिराङ गाउँपालिका ३ पलाँसेमा सम्पन्न भएको प्रतियोगिताको फाइनलमा बिहिबार एफसी लोथरले एफसी रमन्टारलाई २–० गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो । माणिकलाल स्मृति प्रतिष्ठानको आयोजनामा फागुन १९ गतेबाट सुरु भएको नकआउट फुटवल प्रतियोगितामा ४ नम्बर क्षेत्रका १० टिमको सहभागिता रहेको थियो । पहिलो हुने टिमले नगद ३० हजारका साथै ट्रफी र प्रमाणपत्र पाएको छ भने दोश्रो हुने टिमले नगद १५ हजार, ट्रफी र प्रमाणपत्र हात पारेको छ । त्यस्तै एफसी लोथरका प्रशान्त तामाङ उत्कृष्ट डिफेन्स, सुजन स्याङबो उत्कृष्ट गोलकिपर भएभने एफसी रमन्टारका उत्कृष्ट खेलाडी रमेश लामा, सर्वाधिक गोलकर्ता सानुकप्तान गुरुङ भएका थिए । उनीहरुले नगद २ /२ हजार पुरस्कार पाएका छन् । प्रतिष्ठानका अध्यक्ष विरेन्द्र जिम्बाको सभाध्यक्षता एवम नेपाली कांग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवम प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव बुद्ध लामा, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, काँग्रेस मकवानपुरका जिल्ला सदस्य ईश्वरकुमार रुम्बा, महासमिति सदस्य चित्रबहादुर थापा, महाधिबेशन प्रतिवेदन जानकी लामा, १ नम्बर वडा अध्यक्ष कान्छाराम रुम्बा, प्रतिष्ठानका सदस्य सिंहराम ब्लोनलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









