Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पश्चिमी क्षेत्रीय फुटवलको उपाधि एफसी लोथरलाई

28879185_1021184101596096-1520516843.jpg

२४ फागुन, हेटौँडा । पश्चिमी क्षेत्रका काँग्रेस नेता स्वर्गीय माणिकलाल मोक्तानको स्मृतिमा आयोजित दोश्रो क्षेत्रीय नकआउट फुटबल प्रतियोगिताको उपाधि एफसी लोथर मनहरी गाउँपालिका ६ ले जितेको छ । मकवानपुरको पश्चिमी क्षेत्र राक्सिराङ गाउँपालिका ३ पलाँसेमा सम्पन्न भएको प्रतियोगिताको फाइनलमा बिहिबार एफसी लोथरले एफसी रमन्टारलाई २–० गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो । माणिकलाल स्मृति प्रतिष्ठानको आयोजनामा फागुन १९ गतेबाट सुरु भएको नकआउट फुटवल प्रतियोगितामा ४ नम्बर क्षेत्रका १० टिमको सहभागिता रहेको थियो । पहिलो हुने टिमले नगद ३० हजारका साथै ट्रफी र प्रमाणपत्र पाएको छ भने दोश्रो हुने टिमले नगद १५ हजार, ट्रफी र प्रमाणपत्र हात पारेको छ । त्यस्तै एफसी लोथरका प्रशान्त तामाङ उत्कृष्ट डिफेन्स, सुजन स्याङबो उत्कृष्ट गोलकिपर भएभने एफसी रमन्टारका उत्कृष्ट खेलाडी रमेश लामा, सर्वाधिक गोलकर्ता सानुकप्तान गुरुङ भएका थिए । उनीहरुले नगद २ /२ हजार पुरस्कार पाएका छन् । प्रतिष्ठानका अध्यक्ष विरेन्द्र जिम्बाको सभाध्यक्षता एवम नेपाली कांग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवम प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव बुद्ध लामा, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, काँग्रेस मकवानपुरका जिल्ला सदस्य ईश्वरकुमार रुम्बा, महासमिति सदस्य चित्रबहादुर थापा, महाधिबेशन प्रतिवेदन जानकी लामा, १ नम्बर वडा अध्यक्ष कान्छाराम रुम्बा, प्रतिष्ठानका सदस्य सिंहराम ब्लोनलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार