Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

आफ्ना मुद्दाहरूलाई शान्तिपूर्ण ढंगले संयमित भई राख्न आग्रह

IMG_20250908_170359-1757342250.jpg

२३ भदौ, हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री कार्यालयमा सोमबार बसेको अन्तरक्रियात्मक बैठकले विभिन्न विषयमा माग राख्दै जेन-जी पुस्ताले गरेको आन्दोलनका क्रममा घट्न गएको अप्रिय घटनाप्रति दुःख व्यक्त गरेको छ । बैठकले दिवंगत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली एवम् परिवाजनमा गहिरो समवेदना व्यक्त गरेको हो । 
बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको आयोजनामा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशसमितिबीच भएको अन्तरक्रियात्मक बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि यथाशीघ्र प्रभावकारी कदम चाल्न संघीय सरकारलाई आग्रह गर्दै घाइतेहरूको उपचारका लागि बागमती प्रदेश सरकारको तर्फबाट समेत आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको छ । बैठकले आफ्ना मुद्दाहरूलाई शान्तिपूर्ण ढंगले संयमित भई राख्नका लागि सरोकारवाला सबै पक्षसँग बैठक आव्हान गर्ने निर्णय समेत गरेको छ ।
बैठकले प्रदेश सरकार, जिल्ला समन्वय समिति र स्थानीय तहहरूबीच निरन्तर समन्वय र सहकार्यको लागि मुख्यमन्त्री कार्यालयमा समन्वय डेस्क स्थापना गर्ने निर्णय गरिएको छ । त्यस्तै, सुशासन, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश समितिबिच निरन्तर समन्वय र सहकार्य गर्ने निर्णय भएको छ ।
बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, प्रमुख सचिव भुपाल बराल, प्रदेश सचिव रितेश शाक्य, जिसस महासंघ बागमती प्रदेश अध्यक्ष ललित घलान, नगरपालिका संघका प्रदेश संयोजक उपेन्द्र कार्की, गाउँपालिका महासंघका बागमती प्रदेश अध्यक्ष कर्णबहादुर मगरसहित तीनवटै संघ/महासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
---------------
यस्तो छ बैठकको निर्णयः 
१. सुशासन, पारदर्शिता र जबाफदेहिता अभिवृद्धि गर्न प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश समितिबिच निरन्तर समन्वय र सहकार्य गर्ने निर्णय गरियो। 
२. प्रदेश सरकार, जिल्ला समन्वय समिति, स्थानीय तहहरूबिच निरन्तर समन्वय र सहकार्यको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समन्वय डेस्क स्थापना गर्ने निर्णय गरियो। 
३. आजको बैठक विभिन्न विषयमा माग राख्दै जेन-जी पुस्ताले गरेको आन्दोलनका क्रममा घट्न गएको अप्रिय घटनाप्रति दुःख व्यक्त गर्दै दिवङ्गत हुनु भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली एवम् परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछ । साथै आन्दोलनका  क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि यथाशीघ्र प्रभावकारी कदम चाल्न सङ्घीय सरकारलाई आग्रह गर्दछ। घाइतेहरूको उपचारका लागि बागमती प्रदेश सरकारको तर्फबाट समेत आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछ। साथै आफ्ना मुद्दाहरूलाई शान्तिपूर्ण ढङ्गले संयमित भई राख्नका लागि सरोकारवाला सबै पक्षसँग आव्हान गर्ने निर्णय गरियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg