Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

सहकारी भवन शिलान्यासमा बानियाँद्वारा विपिको स्मरण

Baniya1-1520597077.jpg

२५ फागुन, हेटौँडा । हेटौडा–६, चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाको निर्माण हुन लागेको भवनको ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले शिलान्यास गरेका छन् ।

कार्यक्रममा बोल्दै सांसद बानियाँले सहकारीको माध्यमबाट शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तरमा बृद्धि गर्न सकिनेमा जोड दिए । महामानव विपि कोईरालाले २०१६ सालमा नै सहकारीताको माध्यमबाट जनताहरुको जीवनस्तरमा सुधार हुने भन्दै सहकारी अभियान संचालन गरेको स्मरण गर्दै उनले सहकारी संस्थाले उत्पादन बृद्धि र आर्थिक उपार्जनको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोडि दिए । कार्यक्रममा शिवम सिमेन्ट्स लिमिटेडका नायव महाप्रवन्धक मोहनलाल कर्णले सहकारीले समाजमा छरिरहेको पूँजि एकिकृत गर्दै आर्थिक समृद्धिका लागि योगदान गरेको भन्दै संस्थाको भवन बनाउन आफ्नो उद्योगले सामाजिक उत्तरदायित्व अन्तरगत रहेर सहयोग गर्ने बताए ।

सहकारीका अध्यक्ष गौरवकुमार पराजुलीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा हेटौडा–६ का वडा सदस्य राजकुमार बास्तोला, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल,नारीचेतना सहकारीकी अध्यक्ष ज्ञानु अर्याल,चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, सल्लाहकार बासुदेव सापकोटा, उदय विडारी, व्यवसायी रवि श्रेष्ठ, संस्थाका संचालक समिति,लेखा समिति,शेयर सदस्य,शुभचिन्तक लगायतको उल्लेख्य सहभागिता रहेको थियो । २०५५ सालमा २९ जना शेयर सदस्यहरुबाट शुरु भएको यो संस्थामा हाल ५ सय २५ जना शेयर सदस्यहरु आवद्ध छन । संस्थाले ३ वर्ष अगाडि साढे ९ धुर जग्गा खरिद गरेको थियो ।

संस्थाको भवन बनाउन बानियाँ निर्माण सेवा बाट ६ बन्डल रड,हेटौडा–१७ चुच्चेखोला निवासी उदय विडारीले २ टीपर डस्ट र २ टीपर ढु«ङगा, हेटौडा–६ चौघडा निवासी कमलप्रसाद सुवेदीबाट २ टयाक्टर गिटि, हेटौडा–१७ चुच्चेखोला निवासी दिनेश राईबाट २ टयाक्टर बालुवा सहयोग भएको छ । ३ कोठे पक्की भवन बनाउन करीव ३० लाख खर्च हुने अनुमान संस्थाले गरेको छ । भवन निर्माण भएपछि रेमिट्यान्स लगायत बहुउद्धेश्यीय काम गर्ने संस्थाको लक्ष्य रहेको छ । ६ नम्वर वडामा यो मात्रै बहुउद्धेश्यीय सहकारी संस्था रहेको व्यवस्थापक भीमसेन पौडेलले बताए ।

Baniya2-1520597225.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg