५ असोज, हेटौंडा। पछिल्लो ३७ घण्टादेखि मुग्लिन नारायणगढ सडकखण्ड ठप्प छ । सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइनखोला पुल नजिक ठूलो पहिरो खस्दा शुक्रबार साँझ ६ बजेर ३० मिनेटबाट अवरुद्ध आइतबार बिहानसम्म पनि संचालनमा आउन सकेको छैन ।
शनिबार दिनभर पहिरो हटाउन सडक डिभिजन कार्यालय भरतपुरबाट मुग्लिन तर्फ २ ओटा लोडर र एउटा एक्साभेटर, नारायणगढ तर्फ एक एक ओटा लोडर र एक्साभेटर प्रयोग गरेपनि पहिरो नरोक्किदा बाटो खुलाउन सम्भव नभएको प्रहरीले जनाएको छ । सडक खण्डमा सयौ सवारी जाममा परेका छन्। रातभरका यात्रु र सडकको वस्तुअवस्था बुझ्न चितवनका सिडिओ गणेश अर्याल र प्रहरी प्रमुख एसपी गोविन्द पुरीको टोली घटनास्थल पुगेको थियो । घटनास्थल पुगेका सुरक्षानिकायको टोलीले यात्रुलाई विस्कुट, चाउचाउ पानी वितरण गरेको थियो। यता सडक डिभिजन कार्यालयका सुपरभाइजर ईश्वर क्षेत्रीले पहिरो नखसे अपरान्ह सम्म सडक संचालनमा ल्याइने जानकारी दिएका छन्। मुग्लिन नारायणगढ ठप्प हुदा मकवानपुर भएर काठमाडौं जाने सवारीको चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बच्चुराम फूयालले बताएका छन् । मकवानपुर भएर त्रिभुवन राजपथ, कान्तिलोकपथ, भिमफेदी फाखेल, सिस्नेरि सडकखण्डमा सवारी चाप बढेको र सवारी चापलाई मध्यनजर गरेर ट्राफिक व्यवस्थापन गरिएको जनाइएको छ।
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...



-1779500375.jpg)












-1761227295-1778632336.jpg)

