Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मेयर कप फुटबलः कुष्माण्ड र सत्य स्वरुप सेमीफाइनलमा 

Football-1520687182.jpg

फागुन २६, हेटौँडा । तेस्रो मेयर कप फुटबल प्रतियोगिता–२०७४ अन्तर्गत शनिबारको खेलबाट हेटौंडाको ९ नम्बर वडाको कुष्माण्ड फुटबल टिम र १६ नम्बर वडाको सत्य स्वरुप फुटबल टिम सेमीफाइनल प्रवेश गरेका छन् । 
शनिवार भएको पहिलो खेलमा कुष्माण्डले ८ नम्बर वडाको राजपानी फुटबल टिमलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइल प्रवेश गरेको हो । कुष्माण्डका लागि विशाल घलान ८ र ४० औँ मिनेटमा गरी दुई गोल गरे । यता राजपानीको तर्फबाट ३४ औं मिनेटमा अस्मिर वाइबाले एक मात्र सान्त्वना गोल फर्काए । 
खेलको म्यान अफ दी म्याच कुष्माण्ड टिमका विशाल घलान घोषित भए । उनले भ्वाइस अफ यूथ हेटौंडा चौकीटोलको तर्फबाट नगद १ हजार र म्यान अफ दी म्याचको प्रमाणपत्र प्राप्त गरे । 
यस्तै शनिवार नै सम्पन्न दोस्रो खेलमा १६ नम्बर वडाको सत्य स्वरुप फुटबल टिमले १२ नम्बर फुटबल टिमलाई हराउँदै सेमीफाइनलमा स्थान पक्का गरेको हो ।
 सत्य स्वरुपको जितको लागी खेलको १९ औं मिनेटमा रुपेश राना र ४६ औं मिनेटमा सुजन पाण्डेले १ ÷ १ गोल गरे । यस्तै १२ नम्बर फुटबल टिमक लागी एकमात्र गोल अमृत गोलेले गरे । 
दोश्रो खेलको म्यान अफ दी म्याच घोषित भएका १६ नम्बर वडाका रुपेश रानाले भ्वाइस अफ यूथ हेटौंडा चौकीटोलको तर्फबाट नगद १ हजार र म्यान अफ दी म्याचको प्रमाणपत्र प्राप्त गरे । 
यो संगै मेयर कप फुटबल प्रतियोगितामा सेमीफाइनल समीकरण पूरा भएको छ । 
भोली आईतबार फाइनल प्रवेशको लागि पहिलो खेलमा १० नम्बर वडाको भूटनदेवी टिम र १६ नम्बर वडाको सत्य स्वरुप टिम भिड्नेछ भने दोस्रो खेलमा २ नम्बर वडाको वनस्खण्डी फुटबल टिम र ९ नम्बर वडाको कुष्माण्ड सरोवर टिम भिड्नेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार