Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

कैलाशको बिलाउने र रुपराङ्ग पूर्ण सरसफाई तथा खानेपानीयुक्त घोषणा

FB_IMG_1760535885973-1760577006.jpg

३० असोज,हेटौंडा। कैलाश मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ७ को बिलाउने र ८ को रुपराङ टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले दुबै समुदायलाई घोषणा गरेका हुन् । 
कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले सुरक्षित खानेपानी प्रयोग गर्न पाउनु प्रत्येक नागरिकको मौलिक हक हो । एक घर एक धारा पुर्याउने लक्ष्य अनुरुप विभिन्न संस्थाहरुसँगको साझेदारीमा गाउँपालिकाले खानेपानी र सरसफाइमा काम गर्दै आइरहेको बताए ।  विभिन्न मापदण्डमा रहेर गरिएकोमा यसको लागत साझेदारी छ, दीगोपना बनाउनु पर्ने हाम्रो कतव्र्य हो, मुक्तानले भने । मर्मत सम्भार र संरक्षणको काम अब समितिको रहेको बताए । खानेपानीको मुहान दर्ता गर्नुपर्ने बताउँदै मुहानको बीमा गरिए विपत्को अवस्थामा बीमा रकमले निर्माण गर्न सकिने बताए । 
वडा ७ का वडाध्यक्ष उदास कुमार भोलनको सभाध्यक्षतामा भएको विलाउने टोलको कार्यक्रममा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका जिल्ला संयोजक लीलबहादुर कार्की, वडा ७ का वडा सचिव युगचन्द्र भट्टराई,  ङिको स्वास्थ्य चौकीका प्रमुख मेनका ठाकुर, बिलाउने खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नीरशंकर मुक्तान लगायतको आतिथ्यता रहेको थियो । बिलाउने टोलमा उक्त कार्यक्रममा २६ घरधुरी लाभान्वित रहेको जिल्ला संयोजक कार्कीले बताए । कार्यक्रममा वडाध्यक्ष भोलनले घरघरमा रहेको धाराको पानीलाई सदुपयोग गरि मर्मत र संरक्षणको लागि समिति चुस्तदुरुस्त अवस्थामा रहनुपर्ने बताए । दीगोरुपमा निरन्तरता दिनका लागि सबै घरधुरीको सक्रिय सहभागिता रहनुपर्ने उनले बताए । 
त्यसैगरी कैलाश ८ रुपराङ्ग—रान्चुराङ्ग टोललाई पनि आजै घोषणा गरिएको छ । वडा अध्यक्ष आशिष प्रजाको सभाध्यक्षतामा टोल गाउँपालिका अध्यक्ष मुक्तानले घोषणा गरेका हुन् । उक्त टोलमा भने ४४ घरधुरी लाभान्वित भएका छन् । रुपराङको कार्यक्रममा वडा सदस्य विपीराज थिङ, मित्रकुमारी मुक्तान, आरआरएनका संयोजक लीलबहादुर कार्की, भार्ता स्वास्थ्य चौकीका सिनियर अहेव शोभा राना, खानेपानी तथा सरसफाई समितिका अध्यक्ष विष्णुलाल प्रजालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष प्रजाले मुहानदेखी धारासम्मको संरक्षण हाम्रो दायित्व हो, लामा समयपछि रुपराङमा घरघरमा पानी आएको अवस्था छ, हामीले साझेदारी कार्यक्रम अन्तरगत अर्को टोलमा पनि कार्यक्रम गरिने बताए ।
आरआरएन, जर्मन सरकारको डब्लुएचएच संस्थाको सहयोगमा गाउँपालिकाले साझेदारीमा खानेपानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । कैलाशको वडा ७ र ८ मा पहिलो पटककै एक घर एक धारा अभियान अन्तरगत यी दुई टोल घोषणा गरिएको संयोजक कार्कीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg