Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

हेटौंडा-१ स्थित मैनटार खानेपानी समिति हेटौंडा खानेपानी बोर्डलाई हस्तान्तरण

FB_IMG_1762071382333-1762135647.jpg

१७ कार्तिक, हेटौंडा। हेटौँडा–१, स्थित मैनटार खानेपानी उपभोक्ता समिति  हेटाैंडा खानेपानी व्यवस्थापन बोर्डमा गाभिएको छ ।
आइतबार एक कार्यक्रमका बीच समिति बोर्डमा हस्तान्तरण गरिएसंगै मैनटार खानेपानी उपभोक्ता समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा गाभिएको हो । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको मैनाटार १७ औ समिति हो। समितिका अध्यक्ष दिल बहादुर सुनारको सभाध्यक्षता, हेटौँडा उपमहानरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष सविन न्यौपानेको उपस्थितिमा समिति हस्तान्तरण कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्ड सदस्य इन्द्रप्रसाद नेपाल, वडा सदस्य रामकृष्ण अधिकारी, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक बिष्णु प्रसाद सापकोटा र इन्जिनियर विपिन राज वाग्लेको पनि उपस्थिति रहेको थियो ।
वागमती प्रदेश सरकारको खानेपानी उर्जा तथा सिचाई मन्त्रालयबाट विनियोजित १ करोड १० लाख रुपैयाँ र उपभोक्ताहरुको लागत सहभागितासमेत कूल १ करोड ४० लाखमा सम्पन्न १ लाख लिटर क्षमताको पानी टंकी, समवेल, करिब ५ किलोमिटर पाइपलाइनसहितका पूर्वाधारहरु एवम् हालसम्म जडान भई पानी संचालनमा रहेको ६९ वटा धाराहरु हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको छ । अझै हेटौंडा १२ र १३ नम्बर वडामा भने हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सेवा पुग्न सकेको छैन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg