१ मंसिर, हेटौंडा । निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
आयोगको आजको बैठकको निर्णयअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आयोगको वेवसाइटमा र नेपाल राजपत्रमा प्रकाशन गर्ने गरी सार्वजनिक गरिएको हो ।
पहिलो निर्वाचित हुने प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार २०८२ माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम २०८२/०८/२० गतेदेखि सञ्चालन हुनेछ । सो कार्यक्रमअनुसार मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेश गर्ने, मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने, पुस १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची पेस गर्ने र माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
कार्यतालिका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)