४ मंसिर, हेटौंडा । जेनजीका विभिन्न समूहको टोलीले आफुहरूको माग पुरा नगरे नयाँ सरकार गठन गर्ने चेतावनी दिएको छ ।
राष्ट्रपतिलाई सम्बोधन गर्दै राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र दर्ता गराउँदै उनीहरूले सरकारले विद्रोही पक्षका माग पूरा गर्न सक्तैन भने यो सरकारलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनको लागि मध्यस्थताको भूमिका निर्वाह गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।
सुशीला कार्कीको प्रधानमन्त्रीत्वमा वर्तमान सरकारले मुलुकमा भएका ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारवाही, प्रत्यक्ष जन निर्वाचित प्रधानमन्त्रीको लागि संविधान संशोधन, जेनजी विद्रोहमा भएको नरसंहारमा संलग्नमाथि कारवाही, जेन्जी विद्रोहका घाइतेहरुको उपचार र जेन्जी विद्रोहका शहीद परिवारलाई उचित क्षतिपूर्ति र भरणपोषण गर्नुपर्ने माग राखेका छन् ।
विद्रोहको जगमा बनेको सरकारले विद्रोहीका न्यूनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै अपेक्षालाई बेवास्ता गर्दै केवल चुनाव मात्र गराउने गरी सरकार दिशाहीन अवस्थामा रहेको पाइएको उनीहरूको भनाई छ ।
विद्रोहमा संलग्न जेनजीका २३ एलाइन्स, घाइते र शहीद परिवार यो सरकारले तत्काल विद्रोही पक्षका माग सम्बोधन गर्नु पर्ने उनीहरूले पर्दछ।
सरकारले विद्रोही पक्षका माग पूरा गर्न सक्तैन भने यो सरकारलाई फिर्ता बोलाई आफुहरूको नेतृत्वमा नयाँ सरकार गठनको लागि मध्यस्थताको भूमिका निर्वाह गर्न राष्ट्रपतिलाई आग्रह गरिएको छ । अन्यथा सरकारको विरुद्धमा अर्को शान्तिपूर्ण आन्दोलन तथा दवाव कार्यक्रम हुने समेत चेतावनी दिइएको छ ।
ज्ञापनपत्र दर्ता गराउनेमा जेन्जी नेशनल फ्रन्ट लाइनर, जेन्जी स्पार्क, एनटेक जेन्जी, ऋणी एसोसियसन नेपाल, जेन्जी वाई यूनाइटेड, जेन्जी सभा, जेन्जी पार्लियामेन्ट, जिबिबि ग्रुप, जियूपिसि ग्रुप, जेवाइएन ग्रुप, जेन्जी यूनाइटेड, जेन्जी २.०, रियल जेजी, जेन्जी वाई ग्रुप, जेन्जी एलायन्स, नेपाल जेन्जी रिभ्यूलेसन (एनजिआर), इक्वीटि नेपाल, समता जेन्जी, अल नेशन जेन्जी, स्वतन्त्र जेन्जी नेपाल, डिजिटल टास्क फोर्स जेन्जी ग्रुप, जेन्जी एकता मञ्च र जेन्जी मुभमेन्ट नेपाल छन् ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)