Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एनपीएलमा सुदूरपश्चिमबाट कर्णाली ४५ रनले पराजित

20251124_202109_edit_1489-1763995052.jpg

८ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) सोमबार सुदूरपश्चिम रोयल्सबाट कर्णाली याक्स ४५ रनले पराजित भएको छ । 
किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कर्णालीलाई सुदूरपश्चिमले १९ ओभरको पहिलो बलमा सबै विकेट लिएर ९४ रनमा समेटेको हो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ओपनरद्वय प्रियांक पञ्चाल र मार्क वाटसहित चार विकेट लिए ।
प्रियांकले पाँच बलको सामना गर्दा रनको खाता खोल्न सकेनन् भने मार्क १० बलमा १७ रन जोडेर आउट भए । ऐरीले ब्याटर नजिबुल्लाह जद्रानलाई १ रनमा आउट गरे । विलियम बोसिस्टोलाई सुदूरपश्चिमका हेमन्त धामीले ३ रनमा जोडेको अवस्थामा आउट गरे । कर्णालीबाट सर्वाधिक २७ रन जोड्ने पवन सर्राफ सुदूरपश्चिमका अभिनास बोहोराको बलिङमा क्याच आउट भए । स्कट कुगेलेइजनले किफयाती बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दा १ विकेट लिएर मात्रै ९ रन दिए । 
हर्मित सिंहले २ विकेट लिए । १ ओभर बलिङ गर्दा उनले ६ रन दिएर १ विकेट लिए । हेमन्त धामीले २ ओभर बलिङ गर्दा एक विकेट लिएर ११ रन खर्चिए ।
ब्याटिङतर्फ कर्णालीका ब्याटरहरुको प्रस्तुती सुखद रहेन । शुरुवातदेखि नै यो टिमले ब्याटिङमा लय समात्न सकेन । यो खेलमा कर्णाली मात्रै २ छक्का र ८ चौका प्रहार गर्‍यो ।
सबैभन्दा बढी २७ रन हान्ने कर्णालीका खेलाडी पवन सराफ हुन् । उनले २६ बलमा ४ चौका हान्दै २७ रन जोडे । मार्कले १७, कप्तान सोमपाल कामीले १४, गुल्सन झा र अर्जु घर्तीले समान १३-१३ रन जोडे ।
कर्णालीका ६ खेलाडीले दोहोरो रन बनायन सकेनन् । तीमध्ये ओपनर प्रियांक, युवाराज खत्री र विपीन शर्मा रनविहीन बने ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार