Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

पशुपतिको स्वर्ण महोत्सवः मनहरीका अध्यक्षद्धारा विद्यार्थीलाई पोसाक

587116130_102408271267118-1763997132.jpg

८ मंसिर, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रंजन कालाखेतीले आफूले प्राप्त गर्ने सेवा सुविधापतको रकमबाट मनहरीकै एक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोसाक सहयोग गरेका छन् । पालिका अध्यक्ष कालाखेतीले मनहरी वडा नम्बर ४ मा रहेको पशुपति मा विका २३ जना विपन्न तथा दलित विद्यार्थीहरुलाई  पोसाक सहयोग गरेका हुन् । 
मसिने मा रहेको पशुपति मा विको आजबाट सुरु भएको  स्वर्ण महोत्सव कार्यक्रम उद्घाटनका क्रममा अध्यक्ष कालाखेतीले ४३ हजार मूल्य बराबरको पोसाक वितरण गरेका हुन् । विद्यालयले विपन्न विद्यार्थी पहिचान गरि सिफारिस गरेबमोजिम आफ्नो तलब भत्ताको रकमबाट उक्त सहयोग गरिएको अध्यक्ष कालाखेतीले बताएका छन् । २०७९ सालमा अध्यक्ष निर्वाचित हुँदै गर्दा कालाखेतीले आफूले पाउने तलब भत्ता विपन्न गाउँबासीका लागि खर्च गरिने उद्घोष गरेका थिए । सोही उद्घोषबमोजिम उनले मनहरी ५ मा एक विपन्न एकल महिलाको घर निर्माण गरिसकेका छन् भने ६ नम्बर वडामा पनि घर निर्माणको काम चलिरहेको छ ।

पशुपति माविले स्वर्ण महोत्सवका अवसरमा आयोजिक सप्ताहव्यापी कार्यक्रम सोमबार अध्यक्ष कालाखेतीले विद्यालय प्राङ्गणमा झन्डोत्तोलन गरी उद्घाटन गरेका हुन् । संवरण महोत्सवको उद्घाटनसँगै विद्यार्थीहरुबीच चम्चा दौड, बोरा दौडलगायतका प्रतियोगिता गरिएको छ।विभिन्न कार्यकम गरि मंसिर १५ गते बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्धारा समापन गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव गौतमले जानकारी दिए । विव्यस अध्यक्ष गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा मनहरी ४ का वडाध्यक्ष प्रकाश थापा, ९ नम्बर वडाध्यक्ष राजकुमार श्रेष्ठ, विद्यालयका पूर्व अध्यक्ष पवन खड्कालगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg